नेपालगञ्ज २ घरबारी टोलबाट बाँके प्रहरीले भन्सार छलीका लत्ताकपडाहरु बरामद गरेको छ । प्रहरीले एक लाख ३० हजार बराबरको सामान गोदाम गरी राखिएको अवस्थामा बरामद गरेको हो ।
प्रहरीले नेपालगञ्ज २ का समसाद अली मियालाई अवैध कपडा गोदाम गरी राखेको आरोपमा पक्राउ गरेको छ । बाँके प्रहरीका अनुसार मियाले भन्सार छली गरी आफू बस्ने घरको कोठामा लत्ताकपडा गोदाम गरेर राखेका थिए । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : २०७३ चैत ३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्