नेपालगन्ज ।
भेरी साहित्य समाज केन्द्रीय समितिको नयाँ कार्यसमिति मिना बरालको अध्यक्षतामा चयन भएको छ । समितिको अध्यक्ष मतदानबाट टुंगो लगाइएको हो भने अन्य पदहरूमा सर्वसम्मति भएको छ ।नेपालगन्जमा शनिबार सम्पन्न समाजको आठौँ केन्द्रीय अधिवेशनमा भएको मतदानमा अध्यक्षमा बरालले ४२ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी रहेका महानन्द ढकालले ३७ मत प्राप्त गरेका थिए ।
समाजको वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद रिजाल, उपाध्यक्षहरूमा महेन्द्र चन्द महासागर (सुर्खेत), भरतबहादुर रानाभाट (बाँके), डा. चक्रप्रसाद अधिकारी (कैलाली) सर्वसम्मत चयन भएका छन् ।
यसैगरी, समाजको महासचिवमा सुन्दर गुरुङ, सचिवमा पुस्पमणि प्रधान, कोषाध्यक्षमा तारा खत्री रोकाया चयन भएका छन् । समाजको सदस्यहरूमा दीपेन्द्रबहादुर सिंह, कविराज रेग्मी, चन्द्रावती अधिकारी, देवीलाल चौलागाईँ, नरुल हसन राई, खगेन्द्रप्रसाद नेपाल, सतानन्द उपाध्याय, पुष्पा सुवेदी, मीना ढकाल, अन्तरिक्ष देवकोटा र पूर्णबहादुर महतारा चयन भएका छन् ।
समाजको आठौँ अधिवेशन र २४औँ केन्द्रीय साधारणसभाको उद्घाटन वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आथित्यता तथा समाजका अध्यक्ष इन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यका प्राध्यापक, साहित्यकार तथा साहित्यिक संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्