काठमाडौँ ।
ग्लोबल आइएमई बैंकको २०औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२–०८३ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्तापूँजीको कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ ।
सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो ।
यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रूपैयाँ रहेको छ । स्वीकृत बोनस सेयर वितरणसँगै बैंकको चुक्तापूँजी ३९ अर्ब ६८ करोड ६० लाख रूपैयाँ पुगेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सेयरधनीहरूको विश्वास र निरन्तर साथप्रति आभार व्यक्त गरे ।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।









प्रतिक्रिया दिनुहोस्