नेपालमा यसकारण लोकप्रिय बन्दै छ बजाज



कोहलपुर ।

बढ्दो जनसंख्या र आधुनिकीकरणसँगै विकास क्रमले मानिसलाई सवारी साधनसँग अभ्यस्त बनाएको छ । छिटो छरितो र सहज यात्राका लागि व्यक्तिगत सवारी साधन नै उपयुक्त मानिन्छ । सोही कारण पनि मानिसहरु दुई पांग्रे सवारी साधनमा बढी आकर्षित छन् । त्यसमा पनि मोटरसाईकल आम ग्राहकको पहिलो रोजाई नै हो ।

नेपालमा विभिन्न कम्पनीलेहरुले मोटरसाईकल बिक्री गर्दै आएका छन् । तर, पनि लामो समयदेखि बजाज कम्पनीकै मोटरसाईकलको एकछत्र राजजस्तै छ । शहरी क्षेत्र होस् या ग्रामीण क्षेत्र, नेपालका अधिकांश स्थानमा रहेका दुई पांग्रे सवारी बजाजकै हुन्छन् ।

त्यसमा पनि पल्सर मोटरसाईकल त युवादेखि बुज्रुकसम्मको छनौटमा परेको उत्पादन हो । त्यस्तो कुनै ठाउँ छैन, जहाँ बजाज कम्पनीको उत्पादित मोटरसाईकल नगुडेको होस् । वार्षिक रुपमा नेपाल भित्रिने मोटरसाईकलमध्ये बजाज बाइक नै सर्वाधिक नेपाली बजारमा आयात हुने गरेको छ । नेपालमा बजाजले एकाधिकार नै कायम गरेको छ भन्दा पनि फरक पर्दैन । बजाजका उत्पादनमध्ये पनि नेपालमा सबैभन्दा बढी १५० र २२० सेग्मेन्टमा पल्सर बाइक बिक्री हुँदै आएको छ ।

May be an image of motorcycle

अहिले त झन् १२५ सीसीको उत्पादन पनि आएको छ । यसलाई अफिसियल  मानिसहरुले मन पराइरहेका छन् । बजाजको ब्राण्ड पल्सरले पनि उचाईमा पु¥याएको छ । मानिसले बजाज भन्दा पनि पल्सर भनेर धेरै चिन्ने गर्दछन् । यो उत्पादन हरेक युवा वर्गका लागि लोकप्रिय हो ।

सहजै चिन्न सकिने र भिन्न–भिन्न विशेषता तथा अपग्रेड भर्सनका कारण पनि ग्राहकको आकर्षणको केन्द्रमा रहेको हो । नेपालमा बजाजको आधिकारिक बिक्रेता गोल्छा समूह हो । जो चर्चित र पुरानो औद्योगिक घरानाका रुपमा पनि चिनिन्छ । गोल्छा समूहले बजाजको उत्पादन करिब २० वर्ष अघि अर्थात् सन् २००१ देखि बिक्री वितरण गर्दै आएको छ ।

गोल्छा समूहले त अहिले अन्य उत्पादनहरु पनि बिक्री गर्दै आएको छ । केही वर्षयता गोल्छा समूहले केटिएम, हुस्कभर्ना बाइक पनि बिक्री गर्दै आइरहेको छ ।

नेपालको भौगोलिक अवस्थालाई सुहाउँदो भएका कारण पनि बजाजको पल्सर बाइक युवादेखि वयस्कसम्मको रोजाइमा पर्ने गरेको छ । खासगरी हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा बिक्री गर्ने बजाजका मोटरसाईकल शहरी, तराई, पहाडी र हिमाली सबै क्षेत्रमा चलाउन सुहाउँदो छ । त्यसकारण बजाज बाइक सफल हुनुको केहि तथ्यमा चर्चा गरेका छौं ।

बजाजले नेपालमा आफ्नो उत्पादन बिक्री गर्न थालेको करिब दुई दशक भयो । यति लामो समयसम्म पनि टिकेका कारण पनि सबैमाझ लोकप्रिय र भरोसायोग्य बन्न सफल भएको हो । यसले नेपालमा नयाँ रेकर्ड नै कामय पनि गरेको छ । ग्राहकको भरोसा र गुणस्तरीय सेवाकै कारण बजाजले आफ्नो लोकप्रियता र आकर्षण बर्करार राखेको हो । यो कुनै कम्पनीका लागि निकै ठूलो विषय पनि हो । अहिले त बजाज नेपालमा ब्राण्ड नै बनिसकेको छ ।

May be an image of motorcycle, outdoors and text that says 'PANAS SALES MOTORS PVT. LTD. G BAJAJ'

कुनै पनि उत्पादन सफल हुनका लागि ग्राहकको मन मष्किस्कमा पुग्न अनिवार्य हुन्छ । लामो समयदेखि भरपर्दो उत्पादन दिइरहेको बजाजले पनि नेपालीको मन मष्तिस्कमा छाप छोडेको छ । सोही कारण पनि अहिले बजारमा नयाँ–नयाँ कम्पनीका उत्पादनहरु आउँदा पनि ग्राहकको रोजाईमा बजाज नै पर्न सफल भएको हो । बिजनेशलाई प्रभाव पार्ने ब्राण्ड पोजिसन नै हो । बजाजलाई अझ लोकप्रिय बनायो पल्सरले ।

अहिले बालबच्चादेखि बृद्धसम्म सबैको मष्तिस्कमा बाइक भन्नेबित्तिकै पल्सरको तस्बीर परिकल्पना हुन्छ । यसले पनि कुनै उत्पादनलाई बजारमा कतिसम्म भिजाउन सक्छ भन्ने आंकलन गर्न सकिन्छ ।

बलियो तथा आकर्षक लुक्स भएका कारण पनि बजाजको पल्सर सबैको छनोटमा परेको हो । अझ् भन्ने हो भने त नेपालमा बजाजलाई ब्राण्डिङ गरेकै पल्सरले हो । बजाजले युवाको चासो रहने क्षेत्रमा पनि लगानी गर्दै आएको छ । हरेक युवाले बाहिर कतै जाँदा हेभी लुक्ससहितको सहज भेइकल चाहन्छन् ।

त्यसको पूर्ति बजाज पल्सरले दिएको छ । सोही कारण पनि युवा वर्गमा बजाज सफल भएको देखिन्छ । बजाजको १५०, २०० र २५० सेक्मेन्टमा पल्सर मोटरसाईकल बजारमा उपलब्ध छन् ।

हेर्दा आकर्षक, हेभी छ । बजारमा आकर्षक बाइक अन्य कम्पनीका नआएका पनि होइनन् । तर, तिनको तुलनामा बजाजको उत्पादन केही सस्तो पनि छ । कम मूल्यमा आकर्षक र गुणस्तरीय साधन आउने भएपछि ग्राहकको रोजाइमा पर्नु स्वभाविकै हो । साथै यसको महत्वपूर्ण पाटो भनेको स्टाइलिस डिजाइन र वावर नै हो । पावरकै कारण नेपालमा एनएस २०० र पल्सर २२० नेपालमा सर्वाधिक रुचाइएको उत्पादन हो ।

झन पछिल्लो समय एबीएस र नयाँ डिजाइनका कारण झन लोकप्रिय बन्न पुगेको छ । अहिले त झन पल्सर १५० सेग्मेन्ट पनि नयाँ डिजाइनमा आएको छ । यति मात्रै होइन बजाजको बिक्री वितरण प्रणाली पनि मजबुद छ ।

बलियो बिक्री केन्द्र र सर्भिस नेटवर्कले पनि बजाजलाई अब्बल बनाएको हो । बजाज नेपालमा सबैभन्दा ठूलो बिक्री तथा सर्भिस नेटवर्क भएको कम्पनी हो । हाल बजाजले देशैभर सबैभन्दा धेरै आधिकारिक बिक्री र सर्भिस केन्द्र स्थापना गरिसकेको छ । त्यसैगरी बजाज मोटरसाईकलको पार्टस् र सामान पनि आवश्यकता अनुसार उपलब्ध र सस्तो छ । बजाजले केहि वर्षदेखि नेपालमै मोटरसाईकलहरु एसेम्बल गरिरहेको छ ।

May be an image of motorcycle

जसले नेपालमा बजाजलाई बलियो बनाएको छ । बजाज मोटरसाईकलको नेपाली सडकमा उपस्थिति बढी नै रहेको छ । यसले पनि बजाज मोटरसाईकलको पर्फमेन्स राम्रो र उब्बल तुल्याएको छ । खासगरी बजाज बाइकको रिसेल भ्यालु राम्रो रहेको कारण पनि धेरै रोजाइमा परेको छ । विशेषगरी बजाज मोटरसाईकलका एनएस २००, पल्सर २२० एफ, पल्सर १५० नेपाली बजारमा बढी लोकप्रिय छ ।

गत मार्चमा बजाजको नयाँ उत्पादन बजारमा ल्याइएको थियो । बजाज डोमिनारका नाममा आएको उत्पादनले पनि नेपालमा बजार तताएको छ । यो उत्पादन पनि सबै उमेर समूहका ग्राहकको रोजाईमा पर्न सफल भइरहेको छ । अहिले बजाजले आफ्नो बिक्री केन्द्र पनि विस्तार गर्दै गइरहेको छ । विगतमा ठूला शहरमा मात्रै केन्द्रित रहेको बिक्री केन्द्र अहिले साना शहर तथा ग्रामीण क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।

कुनै पनि उत्पादनले बजारमा भ्यालू कायम गर्ने भनेको सहज उपलब्धताले नै हो । बजाजले पनि ग्राहकको आवश्यकता अनुसार सहज रुपमा उपलब्ध हुने स्थानमा आफ्नो बिक्री केन्द्रहरु विस्तार गर्दै गएको छ ।

यसपटक नयाँ स्किम छन्ः खनाल

एकछत्र राज गरिरहेको बजाजले पुनः यसपटक नयाँ स्किम ल्याएको छ । नेपालगन्जस्थित बजाजको आधिकारिक बिक्रेता पानस मोटर्सका प्रोपाइटर ज्ञानेन्द्र खनालका अनुसार बजाजले आफ्ना ग्राहकको सहजताका लागि दसैं स्किम योजना ल्याएको छ । लामो समयदेखि बिक्री वितरण हुँदै आएको यस कम्पनीले अहिले झन् आकर्षक योजनाहरु ल्याएको छ ।

शोरुममा भीडभाड हुने भएका कारण पनि सार्वजनिक ठाउँबाट सेवा दिने उदेश्यले एक हप्ते मेला नै आयोजना गर्न लागिएको हो । यही असोज १९ गतेदेखि २५ गतेसम्म नेपालगन्जको वाटपार्कमा एक हप्ते मेला लाग्दैछ । त्यहाँ खरिदकर्ताका लागि एकैदिन सबै सुविधाहरु प्रदान गरिनेछ । दिनभर बजाजका सवारी खरिद गर्न आउनेका लागि बिमा, नगद छुट लगायतका सुविधा प्रदान गरिनेछ ।

देशभर धेरै सर्भिस प्वाइन्टहरु भएका कारण पनि बजाजको लोकप्रियता बढेको हो । यति मात्र होइन, बजाजले आफ्नो उत्पादनका सामग्रीहरु पनि सहजै उपलब्ध गराएको छ ।

उमेर समूहलाई लक्षित गरी आवश्यकता अनुसारका उत्पादन बजारमा ल्याएकाले पनि बजाजको लोकप्रियता अहिलेसम्म बर्करार रहेको छ । विद्यार्थी, युवा, वयस्क र अफिसियल व्यक्तिहरुका लागि छुट्टाछुट्टै सेक्मेन्टमा सवारी साधन उपलब्ध छन् ।

अझै अहिले त अफिसियल मानिसहरुले त प्लेटिना र डिस्कभरका मोटरसाईकलहरु पनि मन पराइरहेका छन् । सहज यात्रा, माइलेज बढी र पायक पर्ने स्थानमै सर्भिस सेन्टरहरु भएका कारण पनि यसले बजारमा आफ्नो राम्रो छाप छाड्न सफल भएको हो ।

अहिले चाडपर्व लक्षित गरी नयाँ स्किमहरु ल्याइएको छ । मेलामा नै ग्राहकहरुलाई उत्पादनका विशेषताबारे जानकारी गराइनेछ । कोरोनाका जोखिमका कारण आउने ग्राहकलाई भीडभाड नहोस् भनेर खुला ठाउँमा स्किमसहितको मेला आयोजना गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज १४ गते बिहीबार