
कोहलपुर (बाँके) ।
प्रतिनिधिसभाका प्रतिपक्ष दलहरूले भदौ १० को विनाशकारी बाढीपछि सत्तारुढ दल र सरकारले राहत, खोज, उद्धार र पुनस्र्थापना, संसद् र प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण लगायतका विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा सरकारको कामकारबाहीबारे लगायतका समसामयिक विषयमा छलफल र समीक्षा गरिएको हो ।बैठकमा मुख्यगरी बाढीपछि सरकारको कामको समीक्षा, प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने विषय, बाढी प्रभावितको उद्धार, राहत र पुनस्र्थापना र विपद्को सामना गर्न विशेष संसदीय समिति गठन लगायतका विषयमा छलफल भएको गरिएको थियो ।
विपक्षी दलको बैठकबारे जानकारी दिँदै नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले समसामयिक राजनीतिक तथा बाढी लगायतका विषयमा विपक्षी दलहरूबीच महत्वपूर्ण छलफल भएको बताइन् । उनका अनुसार बैठकमा सरकारका कामकारबाहीबारे समीक्षा भएको थियो । ‘सरकारले गरेको कामबारे समीक्षा भयो । सर्वदलीय बैठकमा केही बुँदाहरू हामीले बनाएका थियौँ । त्यो बुँदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ भन्ने बारेमा पनि छलफल भयो ।’विपक्षी दलको बैठकमा बुधबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रस्ताव गरेको विशेष संसदीय विशेष समिति गठनको बारेमा पनि छलफल भएको थियो ।
प्रतिनिधिसभामा सभापति लामिछानेले अहिको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा र विपत्तिको कारण, क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न सरकारसँग माग गरेका थिए । सत्तारुढ दलका नेताहरूले पनि विशेष संसदीय समिति गठनको विषय उठाइरहेको भन्दै विपक्षी दलहरूले समिति गठन र प्रक्रियाबारे छलफल गरेको थापाले बताइन् ।नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बाढीपछि सरकारबाट गरिरहेको राहत, उद्धार, खोजका कामबारे भइरहेको कामबारे छलफल भएको जानकारी दिइन् । उनका अनुसार सरकारले बाढीपछि राहत, खोज र उद्धार लगायतका काम गरिरहेको छ । तर, बाढीपीडितको पुनस्र्थापनाका सम्बन्धमा सरकारबाट हालसम्म स्पष्ट नीति र कार्यदिशा प्रस्तुत हुन नसकेको उनले बताइन् ।
‘काम गर्ने सिलसिलामा केही कमीकमजोरी रहे । सुरुमै अलिकति राम्रो सल्लाह गरेर जान पाएको भए ती कमीकमजोरी रहन्थेनन् होला । अलि बेसी नागरिकहरूलाई बचाउन सकिन्थ्यो होला,’ अर्यालले भनिन् । विपद्को बेलामा आफूहरूको साथ सरकारलाई रहेको भन्दै कमीकमजोरी भएको विषय सदनमा उठाउने र खबरदारी गरिरहने उनको भनाइ थियो ।यसैगरी, बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न अमेरिका भ्रमणबारे पनि छलफल भएको थियो । नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने विषय, यसअघिका सर्वदलीय बैठकका निर्णय कार्यन्वयनको विषयमा छलफल बताए । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिका जाँदैछन् । महासभामा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यसूची छ । त्यसैगरी बैठकमा बाढी तथा विपद्को समयमा संघीय, प्रदेश र स्थानीय सरकारको समेत महत्वपूर्ण भूमिकाबारे छलफल गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्