बिहान ११ बजेसम्म राप्ती सोनारीमा ४ हजार मत खस्यो



कोहलपुर ।

बिहान ११ बजेसम्म राप्ती सोनारी गाउँपालिकामा झण्डै ४ हजार मत खसेको छ । निर्वाचन कार्यालय राप्ती सोनारीले दिएको जानकारी अनुसार करिव २ घन्टामा ४ हजार मत खसेको हो ।

बिनौना मतदान केन्द्रमा भुवर भवानी मावि मा २१५, नेरा मा.वि चिलहरियामा ३३५, जनशक्ति मा.वि बैजापुरमा ४४३, ससुर्यलालपुरमा ४३०,सरस्वती मा.वि भवनीयापुरमा ३०३, कुसुमेश्वर मा.वि कुसुममा ३२०, लौकी, गाभारमा ७५, जनता मा.वि ढकेरीमा १५० मत खसेको छ । यसैगरी वडा न. ७ मा ४ सय ३०, वडा न. ६ मा ४४५, वडा न. २ मा ३७५ र वडा न. ८ मा ४४५ मत खसेको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट राप्ती सोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार पट्टु थारुले पहिलो मतदान गरेका छन् । राप्ती सोनारी वडा न. ३ को सरस्वती मा।वि भवनियापुर मतदान स्थलबाट पहिलो मतदान गरेका हुन ।

मतदान गरेर निस्केपछि पत्रकारहरु संग कुराकानी गर्दै कुनैपनि कुराको सुरुवात आफैबाट गर्दा धेरै राम्रो हुने भएको बताउँदै राप्ती सोनारीका आम मतदाताको अमुल्य मतका कारण आफुहरु बिजय हुने समेत दावी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार