19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

पूर्व विद्यार्थी समाजको विधान पारितको

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन २३, २०७३  

कोहलपुर, साउन २३
बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुर पुर्व विद्यार्थी समाजले संशोधन सहितको विधान पारित गरेको छ । पुर्व विद्यार्थी समाजको शनिबार बसेको बैठकले आगामि कार्तिक २० गते बागेश्वरी क्याम्पसमा गर्ने निर्णय गरिएको छ । वि.स. २०४८ साल देखि २०७२ साल सम्मका विद्यार्थीहरु संगठित भई विभिन्न सृजनात्मक कार्यहरु गर्ने उद्देश्यले पूर्व विद्यार्थी संगठन समिति गठन गरिएको समाजका संयोजक एकराज शर्माले बताए ।  क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका पूर्व विद्यार्थीहरुको पहिचान गर्नु, विद्यार्थीहरुको वर्तमान अवस्थाका बारेमा जानकारी लिनु र क्याम्पसका विभिन्न गतिविधिहरुमा प्रत्यक्ष सहभागिता गराउने लक्ष्य रहेको उनको भनाई छ ।

प्रकाशित मितिः आइतवार, साउन २३, २०७३     11:55:20 AM  |