बाँकेको नरैनापुर गाउँपालिकामा समेत निजामती सेवा दिवस, २०७८ मनाइएको छ ।
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने मूल नारासहित मंगलवार नरैनापुर गाउँपालिकाले निजामती सेवा दिवस, २०७८ मनाएको हो । दिवसको अवसर पारेर वडा नम्बर ६ को कोहलामा वृक्षारोपण गरिएको गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष एवं वडा नं. २ का वडाध्यक्ष मसुद अहमद शाह र गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको नेतृत्वमा सन्तानेश्वर महादेव जाने बाटोमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो ।
राष्ट्रसेवक कर्मचारी वृक्षारोपण राष्ट्रिय अभियान अन्तरगत पिपल, गुलमोहर, लिची, आँप, जामुन, सुपारी लगायतका विभिन्न जातको एक सयभन्दा बढी वृक्षहरू वृक्षारोपण गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
उनले वृक्षारोपण गरिएका विरुवाहरुलाई हुर्काउन स्थानीयहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए । ‘रोपिएका विरुवालाई राम्रोसँग रेखदेख गरि सतप्रतिशत बिरुवा हुर्कुनुपर्दछ । यसका लागि स्थानीय नागरिकहरुको जिम्मेवारी महत्वपूर्ण हुन्छ ।’
प्रमूख प्रशासकीय अधिकृत बस्नेत भने । कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष शाहले रोपिएका वृक्षको संरक्षणमा ध्यान दिन स्थानीयहरुलाई आग्रह गरेका थिए । वृक्षारोपण कार्यक्रममा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्