नेकपा माओवादी (केन्द्र)का युवा नेता खेमबहादुर सिंह माथि खुकुरी प्रहार



कालिकोट । नेकपा माओवादी (केन्द्र)का युवा नेता खेमबहादुर सिंह माथि खुकुरी प्रहार भएकाे छ। बिहिवार डिल्लीकाेटकाे गाउँमै सिंहमाथि स्थानि युवाहरूले पछाडिबाट खुकुरीले हानेकाे पिडित पक्षले जनाएकाे छ।

खुकुरीले हत्या गर्न खाेज्ने स्थानिय यज्ञ शाही सहित चारजनाका विरूद्व किटानि जायरी दिएकाे जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

मुद्दा दर्ता भने नभएकाे प्रहरी निरक्षक भुपेन्द शाहिले बताए। उनले भने, जाहेरिमा खुकुरी प्रहार भनिएकाे छ, तर, घटनामा प्रहरीले खुकुरीले हानेकाे भनी बरामत गरिएकाे छैन। पिडितले खुकुरिले हानेकाे बताएकाे छ। घटनाका आराेपित चारै जना फरार रहेकाे शाहीले बताए।

युवानेता सिंहमाथि आक्रमण गर्ने अराेपितलाई कडा कानुनी कारवाहि गर्न चाैतर्फि माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा नेता सिंहकाे शिर्घ स्वास्थ लाभकाे कामना संगै घटनाका दाेषिलाई तत्काल पक्राउ गरि कानुनि कारवाहि गर्न माग गरेका छन्।

यस्तै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका पुर्व स्वकीय सचिव समेत रहेका सिंहकाे घटनामा पार्टी नेतृत्वले कुनै चासाे र चिन्ता नदेखाएकाे भन्दै दुःख व्यक्त गरेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २१ गते शुक्रबार