‘सहकारी र सदस्य बीचको सम्बन्ध नङ्ग र मासु जस्तो हुनुपर्छ’



सबैको घरघरमा पुगेको सहकारी क्षेत्र कोरोना महामारीले ठूलो संकटमा छ । सहकारीले मानिसहरुको नजिकबाट आर्थिक कामहरु गरिरहेको हुन्छ । अहिले बचतकर्ता तथा ऋणीहरुले के कसरी काम गरिरहेका छन् । अहिलेको महामारीले सहकारी क्षेत्रमा पारिरहेको असर लगायतका विषयमा कोहलपुर सहकारी सञ्जालका अध्यक्ष, पूर्वाधार विकास तथा शहरी विकास विभागका सदस्य तथा भेरी शित भण्डार सहकारी संस्थाका अध्यक्ष समेत रहेका डोलराज अर्यालसँग मिसन टुडेका संवाददाता डिल्ली शाहीले गरेको कुराकानीको सम्पादीत अशं ।


कोहलपुर सहकारी सञ्जालका अध्यक्ष, पूर्वाधार विकास तथा शहरी विकास विभागका सदस्य तथा भेरी शित भण्डार सहकारी संस्थाका अध्यक्ष डोलराज अर्याल


१. यहाँले महामारीका बेलामा आजभोलि दैनिक कामहरु कसरी अगाडि बढाइरहनुभएको छ ?

कोरोना भाइरस (कोभिड—१९) विश्वव्यापी रुपमा महामारीको रुपमा लियो । यस्तै विश्वमा इतिहास हेर्ने हो भने मैले पहिलेका घटनाहरु पनि सुनेको छु र पढेको छु । आफ्नो जिवनमा पनि विफर जस्ता महामारीहरु पनि फैलिएका थिए । लाखौ मानिसहरु मरेको भन्ने सुनेका छौं र जानेका छौं । अहिले त्यसैलाई झलकाउने गरी महामारीको रुपमा  आयो । कोरोना भाइरस (कोभिड–१९)को नाम नेपालमा पनि आयो । जसले यहाँको अर्थतन्त्र, व्यापारी तथा नीजि क्षेत्रमा लगानी गरिरहेका व्यक्तिहरुलाई निकै असर पा¥र्यौ र अहिले पनि पारिरहेको छ । जसका कारणले प्रत्यक्ष रुपमा मारमा परेका छन् । अहिले सबैभन्दा बढी मारमा परेका भनेका सहकारी, यातायातका साधनहरु, उद्योग, कलकारखाना, पर्यटन व्यवसाय लगायत अन्य सम्पूर्ण क्षेत्रमा असर त परेको छ । यो जस्तो अन्य क्षेत्रमा प्रभाव परेको छैन । त्यसकारणले पनि हाम्रो सहकारी क्षेत्र पनि महामारीले तहसनहस भएको छ । यो विपत्ती अब छिटो भन्दा छिटो अन्त्य होस् । मेरो पनि आशा रहेको छ, यहि कामना गर्न चाहान्छु ।

महामारीले अहिलेका शक्तिशालि देशलाई समेत छोडेन हाम्रो देश त विकासउन्मुख देश हो । गत वर्षको चैत ११ गतेका दिनदेखि नेपालमा लकडाउन गरेको थियो । लकडाउन गरेको तीन महिनासम्म के खाँउ के लाँउ जस्तो समेत भएको थियो । कतिपय रुपमा सहकारीका बचतकर्ता तथा ऋणीहरुलाई साझ र बिहान के खाने भन्ने चिन्ता समेत रहेको थियो । तर यसले एकातिर नराम्रो असर पारेको थियो भने अर्को तिर निकै राम्रो गरेको छ । हामीले प्रकृतिसँग लड्न गएको जस्तो महशुस गरेको थिए । जब हामीले प्राकृतिक सम्बन्धी ज्ञान नबुझ्दा समेत यो भाइरस उत्पादन भएको हुनसक्छ । प्राकृतिकमा नै वातावरण नराम्रो, तथा विग्रिएर यो रोग फैलिएको सजिलै अनुमान गर्न सकिन्छ । पर्यावरणीय क्षेत्रमा यसले निकै सहयोग पु¥याएको छ । अहिले प्राकृतिकसँग सहज भएको छ । त्यसकारणले हो कोरोना संक्रमितको संख्या पनि घट्दो दर रहेको छ । अहिले जनजिवन सामान्य हुन थालेको छ । यो लकडाउनको समयमा पहिल प्रयाप्त समय नहुँदा पढन नपाएका किताबहरु अध्ययन गर्ने समय पाएको छु । विभिन्न महत्वपूर्ण म्यागजिन ग्रन्थहरु पढ्ने, भागवत गिता, साहित्यका किताब लगायत अन्य उपन्यासहरु समेत पढ्न पाए । यसले मलाई निकै ठूलो अवसर पनि दियो तर आर्थिक रुपले मात्र कष्ट व्यहोर्नु परेको छ ।

२. महामारीको समयमा कोहलपुरमा सहकारीहरुले आफ्ना काम कारवाहीहरु कसरी गरिरहेको छ ?

यो कोभिड १९ ले सबै क्षेत्र तहसनहस भयो । नेपाल सरकारलाई महामारीको बेलामा सहयोगी हातहरु फैलाउनका लागि अभियान समेत चलायौं । अभियानबाट कोहलपुरका अधिकांश सहकारीहरुले एक लाख ५२ हजार रुपैयाँ दिएका थियौं । सहकारी भनेको देशको मेरुदन्ड जस्तो लाग्छ । हामीले निकै कष्टकर रुपमा संयमित भएर काम अगाडि बढाएका थियौं । लकडाउन भएको तीन महिनामा त झन् एकदमै गाह्रो भएको थियो । त्यसपछि लकडाउन केही खुकुलो त भयो तर नामको मात्र भयो । तर हामीले भन्दा हामीलाई निकै समस्या भयो भन्दै गर्दा यहाँ सबैलाई निकै मारमा परेका छन् । राज्यले तीन खम्बाको रुपमा सरकारले स्थापना गरेको छ । राज्यले सहकारीको मर्का, समस्या के छन् भनेर अहिलेसम्म पनि सोधेको समेत छैन । सबै सहकारीको मिटिङ्ग राखेका पनि थियौं । अहिले सहकारी क्षेत्रमा पनि बचत तथा ऋण सहकारी निकै समस्या परेका छन् । केही सहकारीका लगानीकर्ता भने सडकमा आउनुपर्ने अवस्था आउन लागि सक्यो । सहकारीको ऋण भन्दा परिवारलाई कसरी पाल्ने भन्ने ठूलो चिन्ता छ । अहिले बचतकर्ता तथा ऋणीहरुलाई समस्या भनेको सहकारीलाई नै समस्या हुनु हो । सहकारीले सावधानी गरेर लगानी गर्नुपर्दछ । सहकारीले गर्ने भनेको सर्प पनि मरोस् लठ्ठि पनि नभाँचियोस् भन्ने उदाहरणसहित अगाडि बढ्नुपर्दछ । अहिलेको सहकारीको नीति भनेको बाँचौ र बचाऔं भन्ने नै हो ।

३. कोहलपुरका सहकारी क्षेत्रमा सहकारीकर्मी, सदस्य तथा ऋणीहरुलाई कस्तो असर गरिरहेको छ ?

सहकारीहरुले असार मसान्तसम्मको जरिवाना नलाग्ने भनी विभिन्न प्याकेजहरु दिएका छौं । नेपालमा गत ११ गतेदेखि लकडाउन भएको थियो । सोही अनुसार बाँके जिल्ला सहकारीले असार मसान्तसम्म जरीवाना नलाग्ने भनी निर्णय समेत गरेको छ । अहिले नेपालमा ३४ हजार सहकारीहरु रहेका छन् । प्रदेशमा १२ सय वटा सहकारीहरु रहेका छन् । बाँकेमा ४ सय सहकारी रहेका छन् भने कोहलपुरमा ८० भन्दा बढी सहकारीहरु रहेका छन् । जसले अहिलेसम्म अरबौं रकम भन्दा बढी कारोबार गरेका छन् ।

कोहलपुर नगरपालिकामा रहेका सहकारीहरुले समेत करोडांै रकम कारोबार गरेका छन् । सहकारीले सरकारलाई निकै ठूलो सहयोग गरेको छ । वैदेशिक रोजगार समेत दिलाउँछ । त्यसकारणले राज्यले पनि सहकारी क्षेत्रलाई महामारीको बेलामा निकै महत्वपूर्ण भूमिका खुल्नुपर्दछ । केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सहकारीहरुलाई नजिकबाट हेरिनुपर्दछ । स्थानीय सहकारी सहकारीमैत्री भैदिनुपर्दछ । स्थानीय सरकारले सहयोग गर्न चाहेमा स्वम् संस्थाले २५ प्रतिशत तिर्नुपर्ने हुन्छ र अन्य सहयोग सरकारको लगानी हुनुपर्दछ । अहिले महामारी भएको बेलामा सरकारले कृषि अनुदान कार्यक्रम ल्याएको छ । जस्तै कृषि सहकारी, मौरीपालन किसानहरु, दुग्ध उत्पादन किसान, अन्य कृषि जन्य किसानलाई अनुदान कार्यक्रम ल्याएको छ । कृषकहरुले पनि कार्यक्रमको बारेमा केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग जानकारी लिनका लागि बुझ्न र जानुपर्दछ । सरकारी निकायसँग सहकारी र समन्वय गरी सम्झौता गरी काम गर्ने हो भने हाम्रै कल्याण हुनेछ । यसरी सहकारीहरुले आफ्नो प्रभाव पार्नका लागि आफ्ना कार्यक्रम पार्नका लागि आफ्ना म्याज गर्ने खालका सहकारीसँग समन्वय गर्नुपर्दछ ।

४. शौलियत भनिरहँदा, बचतकर्ता, ऋणीहरुलाई अहिले महामारीको बेलामा शौलियत चाहिएको हो । तर अहिले कस्तो खालको शौलियत दिनुभएको छ ?

नेपालमा महामारीले निकै कष्टकर रुपमा चलिरहेका सहकारी र ऋणी र बचतकर्ताहरुलाई शौलियत दिएको छ । अहिले नेपाल सरकारले दिने अनुदान भनेको शत प्रतिशत अनुदान दिदैन । सरकारले कुल प्रतिशतको ५० प्रतिशत अनुदान दिने हो । त्यो पनि कस्तो हुन्छ भने कतिपय अवस्थामा ७५ प्रतिशत पनि अनुदान दिने गरेको छ । त्यसकारणले शतप्रतिशत भन्ने कुनै पनि कार्यक्रममा हुँदैनन् । जुन सहकारीबाट कार्यक्रम चलाएपनि एउटै प्रकृतिका सहकारीहरुले साझेदारीमार्फत कार्यक्रम चलाउन सकिन्छ । अहिले अनुदान नै सदुपयोग नभई दुरुपयोग भएको समाचारहरुमा सुन्न र पढ्न पाइन्छ । तर यस्तो अनुदानहरु दुरुपयोग नहोस् काम राम्रो गर्नुहुन यो पत्रिका मार्फत भन्न चाहान्छु । यस्तो पनि भन्ने गरेको सुनेको छु की सहकारी क्षेत्रमा बिचौलियाहरुको पनि विगविगी छ भनेर तर यस्तो छैनन् । बजारमा के सुन्नमा आउँछ त्यो सबै सत्य हुँदैन । डकुमेन्टहरु तयार पारी आफ्नो कामहरु सहज रुपमा सम्पन्न गर्छन् भने त्यसलाई विचौलिया भन्न पनि मिलेन । त्यस्तो काम गरेका सहकारीहरुको जानकारी आउनुपर्दछ । त्यस्ता सहकारीहरुलाई कलंकका रुपमा चिन्नुपर्दछ । त्यो खतराबाट पनि सहजै तरिकाबाट काम भैरहेका छन् । सो काम क्षनिक रुपमा गरेर हुँदैन । त्यसकारणले मेरो अनुरोध के भने अनुदानका भरमा सहकारीहरु नचलाउन पनि हृदयदेखि नै अनुरोध गर्दछु ।

४. महामारीको समयमा ऋणीहरुलाई अहिले ऋण तिर्नका लागि ताकेता गरिरहेको भन्ने गुनासोहरु आएको छ । यसमा यहाँको धारण के छ ?

ताकेता अहिले यो समयमा गरेको छैन । गुनासो आउनु स्वभाविक हो आउनुपर्दछ तर सुझाव सहितको आलोचना आउनु भनेको राम्रो पक्ष
हो । ऋण भनेको सम्झौताको दस्ताबेज हो । ऋण त्यसै दिइदैन । त्यसमा सहकारीको लगानी गरेको हुन्छ । जसले पैसा लिएको व्यक्ति नै ऋणी हो । जसले आफ्नो कमिटमेन्ट दिएर सहकारीले ऋण लगानी गरेको हुन्छ । यो किस्ता यतिबेला तिर्नेछु । यो पैसा यति समयमा दिन्छु भनेर लगेकै हुन्छन् । सहकारीका शेयर सदस्यहरुले ऋण कसरी लिने, कुन किसिमको ऋण लिने भन्ने पूर्ण तयारी हुन्छ । तर ऋण लिनेबेलामा ऋणीहरु एकदमै लालाहित हुन्छन् जब लिएको ऋण तिर्ने बेला आएको हुन्छ उहाँहरु उदापसिन देखिएको जस्तो देखिन्छ तर कोहलपुरमा भने यस्तो छैन । ऋण लगानी गर्दा आफन्तको वरीपरी घुमेका मानिसहरुले त्यसलाई आम्दानी, बचतको आधार के हो । विना धितो ऋण दिँदा ऋण दिनेभन्दा लिने मानिस मजबुत भयो । ऋण लिने व्यक्ति मजबुत भएर संस्था कमजोर भएर सम्झौता नगर्ने आव्हान गर्दछु । आफ्ना नातावाद, मेरो मान्छे, जसले गर्दा समस्या निम्त्याउछ । कतिपय सहकारी संस्था लि. ब्यानरमा राखेर प्रा.लि.का रुपमा चलिरहेका बाँकेमा धेरै छन् । सहकारीका नाममा स्थानीय २०७४ र नियमावली २०४८, २०७५ दर्ता सहकारीका नम्स अनुसार चल्नुपर्दछ । आफ्नो घरमा मानिसहरुलाई व्यपवस्थापन आफ्नै मानिस राख्ने । अध्यक्ष आफ्नै मानिस राख्ने । बजार प्रनितिधि आफ्नै मानिस राख्ने र त्यो सहकारीको अवस्था के हुन्छु । सहकारीहरुले लगानी नउठाउन नसक्नु र र ऋण लगानी सावधानीहरुको साथ काम गर्नेहो भने समस्या आउँदैन । सहकारी, बचतकर्ता र ऋणीहरुको बिचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्दछ । सहकारीहरुले साधारण सभामा अधिकार हुन्छ जुन साधारण सभाले गलत छन् भने गलत भनेर सच्याउन सक्छ ।

४. एक सहकारी एक व्यक्ति भन्ने छ तर अहिले बाँकेका सहकारीमा एउटै व्यक्ति धेरै सहकारीमा बसेको हुन्छ यसमा के भन्नुहुन्छ नी ?

धन्यवाद । एकदमै राम्रो प्रश्न गर्नुभयो । यो विगतदेखि नै कोहलपुरका सहकारीका साधारण सभा, अन्य बहस भएको बेला तथा अन्य सहकारीका कामहरु भैरहेका बेलामा पनि हामीले भन्ने गरेका छौं । हाम्रो असोजदेखि साधारण सभा चल्छन् । विगतमा पनि एक व्यक्ति एक सहकारी भन्दै आइरहेको छौं । अर्को पनि यस्तो छ । एउटै सहकारीको समितिमा अर्को सहकारीको समितिमा बस्न मिल्दैन । त्यो पनि पहिले देखिन्थ्र्यो तर अहिले त्यो कार्यान्वयन भएको छ । यो पनि एक व्यक्ति एक सहकारी पनि एक दिन अवश्य कार्यान्वयन हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास रहेको छ । अहिले सहकारी निति, नियम, नियामावली अनुसार एउटै प्रकृतिको सहकारीमा एउटै व्यक्ति अर्को सहकारीमा बस्न मिल्दैन । त्यो बचत, बहुउदेश्य, कृषि होस् या अन्य कुनै होस् कुनै एक सहकारीको बस्न मिल्दैन । तर अहिले यस्तो पनि देखिन्छ । यसमा के हुन्छ भने एउटा सहकारीबाट ऋण लिने अर्को सहकारीलाई ऋण तिर्ने अनि, अर्को सहकारीबाट ऋण लिने अनि अर्को सहकारीलाई ऋण तिर्ने गरेको पाइएको छ । यसले गर्दा एक दिन कुन सहकारी समस्यामा पर्ने हो त्यो अवश्य त्यो दिन आउँछ । त्यसैले एउटै सहकारी एउटै शेयर सदस्य भयो भने जसको मानो खायौ उसकै गुनगान गाउने हो भन्ने उखान पनि छ । त्यस्तै एकद्वार प्राणालिबाट गएपछि न सहकारी न त ऋणीलाई समस्या पर्दछ त्यसकारणले यो सबै बचतकर्ता तथा ऋणी र शेयर सदस्य ज्यूहरुलाई अनुरोध गर्दछौं ।

४. एक जना व्यक्ति धेरै सहकारीमा बसिहँदा उहाँको घरबार उठिबास भएको पनि सुनिन्छ तर यो सहकारीले बनाएको हो की, सहकारीको निति नियमले बनाएको हो की, अथवा उनीहरुको व्यवहारले बनाएको हो । यसमा के भन्नुहुन्छ ?

हैन, कतिपय सहकारीलाई नै उठिबास लगाएका छन् । तर सहकारीले व्यक्तिलाई उठिबास लगाएको छैनन् । कोही सहकारी यस्ता पनि छन् जुन प्रा.लिमा दर्ता भएका छन् तर सहकारीका नाममा चलाएका छन् । त्यस्ता सहकारीहरु एकदम सहकारी क्षेत्रलाई नै बदनाम गराउनेछन् । बाँकेमा जति पनि सहकारीहरु रहेका छन ती सहकारीहरुको नाममा दर्ता भएका र प्रालिमा दर्ता भएका केही महिनामा भविष्य देखिन्छ । प्रा.लिमा दर्ता भएका सहकारीहरुको एक दिन पोल खुल्छ । सहकारी प्रा.लिबाट मुक्त हुनुपर्दछ । सहकारीहरुले पनि आफ्ना शेयर सदस्यहरुलाई जवाफदेहिता बनाउने प्रकारले लगानी गर्नुपर्दछ । बचत तथा ऋणीहरुको प्रगति तथा उत्कृष्टमा पु¥याउने एक मात्र लक्ष्य हो सहकारीको ।

४. अन्त्यमा आफ्ना सहकारीकर्मी, बचतकर्ता र ऋणीहरुलाई के भन्न चाहान्नुहुन्छ ?

कोहलपुर लगायत नेपालमा रहेका सम्पूर्ण सहकारीहरुलाई के भन्न चाहान्छु भने नेपाल सरकारले भनेका कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि अपनाइएका विधिहरुलाई पूर्ण रुपका कार्यान्वयन गरौं र गराऔं । महामारीबाट कोही पनि अछुत हुन सक्दैनौं । आफ्ना शेयर सदस्यहरुको बचत संकलन गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गराऔं । अहिले सहकारी सबैको घरदैलोमा पुगेको छ । अहिले प्रत्येक शहर, गाउँको टोलटोलमा सहकारीको शेयर सदस्यहरु रहेका छन् । सबै घरधुरी सहकारीको सदस्य रहेका छन् । सहकारी नपुगेको स्थान काँही पनि छैनन् । त्यसकारणले सम्पूर्ण शेयर सदस्यज्यूहरुलाई कोरोनाबाट सचेत बनौं । कोरोनालाई जित्छु भन्ने खालको भावना राखौं । अन्त्यमा यो विपदको समयमा आफ्ना सहकारीमा भएका गतिविधि र समस्याको बारेमा आफ्ना भनाई राख्ने दिनुभएकोमा यहाँ लगायत सम्पूर्ण मिसन परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १८ गते आइतबार