फायरिङ अभ्यासका क्रममा दुई सैनिक घाइते



कैलाली ।
कैलालीको गोदावरी नगरपालिका–४ स्थित बन्देवी फायरिङ रेञ्जमा नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा प्लास्टिक ह्याण्ड ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन् । बिहीबार बिहान करिब ८ः१० बजे देवदल गण, आर्मी ब्यारेकको सैन्य तालिमअन्तर्गत फायरिङ अभ्यास चलिरहेका बेला प्लास्टिक ह्याण्ड ग्रिनेड विस्फोट भएको थियो ।
विस्फोटमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्कीको दाहिने हात र अनुहारमा तथा सैनिक २० वर्षीय रञ्जित थारूको दाहिने हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा महराले बताए ।

उनले घाइते दुवै जनालाई घटनालगत्तै उपचारका लागि फिल्ड मार्सलबाट नेपाली सेनाको आर्मी अस्पताल, बोराडाँडी लगिएको बताएका छन् । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार