बाँकेमा फेरी थपिए १९ संक्रमित, कोहलपुरका १० जना



कोहलपुर :

बाँकेमा बुधबार राती फेरी १९ जना नयाँ संक्रमित थपिएका छन् ।

भेरी अस्पतालले राती आठ बजे सार्वजनिक गरेको तथ्यांकमा विभिन्न पालिकाका कोरोना संक्रमित थपिएका छन् ।

नयाँ थपिएका मध्ये १० जना कोहलपुर नगरपालिकाका छन्, भने नेपालगञ्जका ६ जना रहेका छन् ।

एक जना बर्दिया र बाँके कै अन्य दुई जना रहेका छन् । यस अघि बुधबार भेरी अस्पतालमा पहिरो चरणमा ५२ जना थपिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २४ गते बुधबार