बैजनाथमा ५८ लाख लागतमा भ्यूटावर निर्माण



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं.६ को लालपुरमा भ्यूटावर निर्माण गरिएको छ । न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको प्राङ्गनमा करिब ५८ लाखको लागतमा ट्रष्टसहित ६ तले भ्यूटावर निर्माण गरिएको हो । गाउँपालिका क्षेत्रमा आन्तरिक पर्यटकहरु वृद्धि गर्ने उद्देश्यले सो टावर निर्माण गरिएको हो । बैजनाथ गाउँपालिकाले तीन आर्थिक वर्षमा छुट्याएको ५८ लाख बढीको लागतमा भ्यूटावर निर्माण न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नन्द विश्वकर्माले जानकारी दिए । आर्थिक वर्ष २०७४/०७५ मा गाउँपालिकाले लागि ८ लाख १० हजार बजेट विनियोजन गरेको थियो । सो बजेटबाट टावर निर्माणका लागि १३ फिट गहिरो २१ फिट लम्बार र २१ फिट नै चौराईको फाउण्डेशन निर्माण गरिएको उलने बताए । ‘पहिलो आर्थिक वर्ष ८ लाखबाट १३ फिट गहिराइको फाउन्डेशन निर्माण गरियो, उनले भने त्यो फाउण्डेशन २१ फिट लम्बाई र २१ मिटर चौडाईको रहेको छ ।’यस्तै आर्थिक वर्ष २०७५/०७६ मा २५ लाख बजेट विनियोजन थियो । त्यसमध्येबाट गाउँपालिकाले टावरको डीपीआर गरेर २१ लाख ३४ हजार रुपैयाँ टावर निर्माण उपभोक्ता समितिलाई उपलब्ध गराएको थियो । सो रकमबाट भ्यूटावरको साढे तीन तला निर्माण गरिएको हो । त्यसैगरी आर्थिक वर्ष २०७६÷०७७ मा भ्यूटावरकै लागि गाउँपालिकाबाट २५ लाख रुपैयाँ आएकोमा उक्त रकमबाट टावरको डेढ तला र एक तला ट्रस्ट गरेर साढे दुई तला निर्माण सम्पन्न गरिएको भ्यूटावर निर्माण उपभोक्ता समितिका अध्यक्ष कुल बहादुर सुनारले जानकारी दिए । सोही रकमबाटै टावरमा रंग रोगन, रेलिङ्ग, सजावट लगायतका कामहरु पनि गरिएको उनले बताए । भ्यूटावरको उचाई करिव ५५ फिट अग्लो रहेको छ । लालपुरमा भ्यूटावर निर्माण गरिएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । स्थानीय नविन सुनारले आफ्नो गाउँघरमा भ्यूटावर बनेपछि खुसी लागेको बताएका छन् । तर अझै २÷३ तला थपिएको भए सुनमा सुगन्ध हुने उनको धारणा छ ।

जेठ महिनामा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएपनि विश्वमा फैलिएको कोरोना महामारीका कारण लागू गरिएको लकडाउनले गर्दा ढिलाई भएको सुनारले बताए । टावरको कुनामा ८ वटा र विचमा एउटा पिलर राखिएकोले एकदमै मजवुत निर्माण गरिएको निमार्ण पक्षले जनाएको छ । अझै पनि आवश्यकता अनुसार तला बढाउन सकिने गरि निर्माण गरिएको छ । टावर निार्माण भइरहेकै अवस्थामा पनि अवलोकन गर्नका लागि धेरै जना आएकोले आन्तरिक पर्टकहरु आउने अपेक्षा गरिएको छ । भ्यूटावर नजिकै हरेक वर्ष हरिवोधोनी एकादशीका दिन ठूलो मेला लाग्ने र वोटानिकल गार्डेन, चिल्डे«न पार्क पनि नजिकै निर्मिाण भइरहेकोले आन्तरिक पर्यटनको सम्भावना रहेको छ । यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष भद्रबहादुर बस्नेतले स्थानीय सरकार आइसकेपछि वडा नं.६ मा विभिन्न भौतिक संरचनाहरु निर्माण भइरहेकोले विकाससंगै पर्यटनका दृष्टिले पनि अन्य वडाहरुको तुलनामा सम्भावना बोकेको वडा रहेको बताए । पहिले पनि न्यू हरियाली सामुदायिक वनमा काठको भ्यूटावर रहेको भन्दै वडा अध्यक्ष बस्नेतले त्यसकै अवधारणा अनुसार आफूले विभिन्न ठाउँमा अवलोकन गरेका आधुनिक भ्यूटावरहरुका आधारमा आफ्नो वडामा पनि निर्माण गरिएको उनको भनाई छ । ‘पहिले पनि सोही ठाउँमा काठको भ्यूटावर थियो, उनले भने अझै पनि त्यसको अवषेश छ, त्यसै अनुरुप मैले विभिन्न ठाउँको अवलोकन गर्दा आधुनिक भ्यूटारहरु देखे र यस्तै बनाउँनु पर्छ भन्ने योजनाअनुसार निर्माण गरिएको हो ।’ गाउँपालिकाको क्रमागत योजनाअनुसार पालिकाको करिव ५८ लाख वजेटमा निर्माण सम्पन्न गरिएको बस्नेतले बताए । गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले ५८ लाखको लागतमा वडा नम्बर ६ लालपुरस्थित न्यू हरियाली सामुदयिक वन उपभोक्ता समुहको खाली ठाउँको सदुपयोग गर्दै भ्यूटावर निर्माण गरिएको बताए ।

गठाउँपालिकाबाट पहिलो वर्ष ८ लाख बढि बजेट छुट्याएर टावरको फाउन्डेशन निर्माण गरिएको बताउँदै अध्यक्ष रुचालले क्रमागत रुपमा तीन आर्थिक वर्षमा छुट्याइएको ५८ लाखबाट भ्यूटावर निर्माण सम्पन्न गरिएको जानकारी दिए । पर्यटनको आकर्षणका लागि भ्यूटारसंगै पुष्प वाटिका पनि निर्माण गर्ने योजना रहेको उनले बताए । आन्तरिक पर्यटनको आकर्षणका लागि विभिन्न संरचनाहरु निर्माण भइरहेकोले भ्यूटावरसँगै पुष्प वाटिका पनि निर्माण गर्ने योजना रहेको उनले बताए । ‘पर्यटकहरुलाई आकर्षण गर्नका लागि भ्यूटावरले मात्र सम्भव हुँदैन, उनले भने त्यसैले भ्यूटावरसंगै पुष्प वाटिका पनि निर्माण गर्ने योजना बनाएको छौँ ।’ यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अध्यक्ष रुचालको भनाई छ । न्यू हरियाली सामुदायिक वन क्षेत्रमा वि.सं.२०४५ सालमा तत्कालिन नेपालगञ्ज वन विकास परियोजनाले वृक्षारोपन गरेको हो । वृक्षारोपन गरिसकेपछि वनको रेखदेखका लागि एउटा काठको टावर निर्माण गरिएको थियोे । सोही काठको टावर नै यहाँका स्थानीयहरुले अवलोकन गर्नुका साथै वनको रेखदेख समेत गर्ने गरेको गरिको स्थानीय बताउँछन् । उक्त टावर अझै पनि भगनावषेशका रुपमा रहेको छ । त्यसैको सम्झना र अवधारण स्वरुप वि.सं.२०७४ सालमा स्थानीय सरकार आइसकेपछि सामुदायिक वनको पहलमा आधुनिक भ्यूटावर निर्माण सुरु गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रबार