20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

फ्रेस फेस : कथा मन पर्‍यो भने बोल्ड हुन्छु : आशा भुषाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर १७, २०७२  

फ्रेस फेस : कथा मन पर्‍यो भने बोल्ड हुन्छु : आशा भुषाल

‘राजेश हमालको प्रेमिका बन्न मन छ’

Aasha bhusal (3)
चलचित्र ‘सुनपानी, दुश्मनी’ लगायतका केही चलचित्रमा काम गरेकी कलाकार हुन् आशा भुषाल । केही म्यूजिक भिडियो र केही भोजपुरी चलचित्रमा पनि आशालाई दर्शकले हेरेका छन् ।

अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्दै आशाले आफूलाई लामो समयसम्म चलचित्र क्षेत्रमा लाग्ने सोच भएको बताइन् । उनले आफूमा लगनशिलता भएका कारण पनि यो क्षेत्रमा लामो समयसम्म अगाडि जाने बताइन् ।
नायिका हुनका लागि अभियन, नृत्य, शिक्षा हुन जरुरी भएको भन्दै उनले आफूमा यी सबै गुण भएको बताइन् । भोजपुरी र नेपाली चलचित्रमा आफू अडिशनबाट नै छानिएको भन्दै आशाले नायक राजेश हमालसँग काम गर्न मन लागेको खुलाइन् । राजेशसँग छोरी बन्ने कि श्रीमती भन्ने प्रश्नमा उनले प्रेमिका भन्ने जवाफ दिइन् ।

बलिउड नायिका कट्रिना कैफ मन पराउने आशाले नेपाली नायिका करिश्मा मानन्धर मनपर्ने बताइन् । चलचित्रको कथा भित्र आफू भिज्न सक्ने भएकाले कुनै निर्माताले आफूमाथि लगानी गर्दा खेर नजाने दाबी उनको छ ।
Aasha bhusal (1)
तपाई जस्तो बोल्ड यूवती ‘सुनपानी’ जस्तो सामाजिक कथाको चलचित्रमा देखिनु भयो नि भन्ने प्रश्नमा उनले आफू बोल्ड हुन तयार रहेको बताइन् । यदि, आफूलाई चलचित्रको कथावस्तु मन परेको खण्डमा बोल्ड हुन कुनै आपत्ती नभएको उनको तर्क छ । Aasha bhusal (2)

प्रकाशित मितिः बिहिबार, मंसिर १७, २०७२     9:12:55 AM  |