पहिरो जादाँ अधिकारीटोलका ७ घर बिस्तापित



सुर्खेत ।
दैलेखको भैरबी गाउँपालिका ७ को गैरासरुमा रहेको अधिकारी टोलमा पहिरो जादाँ सात घर बिस्तापित भएका छन् ।

बिहिबार राती देखि परेको अविरल बर्षतका कारण पहिरो जादा उक्त स्थानका नारायण अधिकारीको दुई घर पुणर् रुपमा पुरिएका छन् ।
पुरीएका उक्त घरमा बस्न नमिल्लने भएपछि राति देखीनै पानिमा भिज्दैँ खुल्ला आकाशमा बस्न बाध्य भएका हुन ।

भने अन्य अधिकारीटोलका बस्तीको समस्या पनि उस्तै रहेको स्थानिय डेबिट अधिकारी बताएका छन् ।
अधिकारीका अनुसार जोखिममा रहेका बस्तीहरुलाई तत्काल सार्ने पर्ने । उक्त स्थानमा भएका बस्तीहरु सबै उच्च जोखीममा रहेका छन् ।

साथै बारीमा लगाएको खेतीबालीमा समेत पहिरो जादाँ खेतीबारीको समेत क्षेती भएको हुदाँ अधीकारीटोलका पिडित स्थानियले कुनै मानविय क्षेती नभए पनि बस्नको लागि उचित ठाउँ नभएको र तत्काल उद्धार, पुनस्थापना तथा राहतको लागि सरकारसँग अनुरोध गरेका छन् ।

उक्त वडाका वडा अध्यक्ष छविलाल आचार्य उद्धार तथा राहातको लागि पिडित परिवार गुनासो सुनेर उक्त स्थानमा जादैँ गरेका जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रबार