कालीकोट, वैशाख १४ गते । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो दल विशेष अधिकार सहितको कर्णाली प्रदेशको पक्षमा रहेको बताउनुभएको छ । एमालेको नवौँ जिल्ला अधिवेशनको सोमबार उद्घाटन गर्दै उहाँले कर्णालीको विकास र समृद्धिका निम्ति राज्यबाट फरक खालको योजना बनाउन जरुरी छ भन्नुभयो । कार्यक्रममा युवा नेत्री रामकुमारी झांँक्री सहितका नेताहरुले अधिवेशनको शुभकामना दिनुभएको थियो ।
पार्टी जिल्ला अध्यक्षका लागि नेसनल शाही, धीरबहादुर विष्ट, तुलाराज सिंखडा, विश्वराज बम र भरतराज धिताल आकाङ्क्षी रहनुभएको छ । रासस
प्रकाशित मिति : २०७३ वैशाख १४ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्