कोहलपुर नगरपालिकाले कोरोना संक्रमण विरुद्ध १४ महत्वपूर्ण काम (पूर्ण विवरण हेर्नुहोस्)



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले कोरोना भाइरस संक्रमण रोक्नका लागि गरेका कामहरुलाई सार्वजनिक गरेको छ ।

बिहिबार पत्रकार सम्मेलन गर्दै कोहलपुर नगरपालिकाले कोरोना संक्रमण विरुघ आफ्नो नगरपालिकाले गरेका कामहरु सार्वजनिक गरेको हो ।

कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र प्रमुख प्रशासकिय अधिकृतद्वारा निम्न कार्यहरुको विवरण सार्वजनिक गरेका थिए ।

Corona-Virus संक्रमण नियन्त्रणमा कोहलपुर नगरपालिका बाट२०७६/११/४ देखि हाल सम्म गरिएका कार्यहरु

१) २०७६÷११÷२४ गते नगर प्रमुख ज्यू को संयोजकत्वमा मा नगरपालिका पालिका स्तरीय समन्वय समिति गठन भएको र पटक पटक बैठक बसी समन्वय गरी कार्यहरु अगाडि बढिरहेको अवस्था छ ।
२) नगरपालिका बाट ६००० गोटा मास्क १०० थान स्थानीय रुपमा उत्पादित Surgical Gloves २००० जोडा, Examination Gloves २००० गोटा, Hand Sanitizer  ५० गोटा,E2 PPE  ५ थान,  Methyleted Spirit ५० बोटल, Dettol साबुन र बाल्टी बाटा खरिद गरि सबै स्वास्थ्य संस्था मा वितरण गरिएको ।
३) कोहलपुर स्वास्थ्य शाखा बाट सबै स्वास्थ्य संस्थामा पुगी Corona Handbook  सहित Orientation गरिएको ।
४) नेपालगन्ज मेडिकल कलेज कोहलपुरलाई उपचार कार्यमा सहयोग पुर्याउने हेतुले Re-usable PPE ५ सेट, स्थानीय रुपमा उत्पादित PPE २० थान र Surgical Gloves ५० जोडा हस्तान्तरण गरिएको साथै इलाका प्रहरी कार्यालय लाई बिबिध सहयोग गरिएको
५) कोरोना संक्रमण को जोखिम लाई न्यूनीकरण गर्न का लागि कोहलपुर का सबै वार्ड बाट बिदेश बाट आएका ब्यक्ति हरु को विवरण संकलन गर्ने कार्य भइरहेको र विदेशबाट नेपाल आएका र घरपरिवारमा घुलमिल भै नसकेका व्यक्तिहरुको निगरानीका लागि कोहलपुर नपा–९ पिपिरीमा रहेको कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा संचालनमा ल्याइएको क्वारेन्टाइममा राख्ने व्यवस्था गरिएको छ ।
६) नगरपालिका का १५ वार्ड मा समन्वय समिति गठन गरि जनचेतना मुलक कार्य गरिएको छ ।
७) बिभिन्न संचार माध्यमहरुलाई यस सम्बन्धि सूचना प्रशारण प्रकाशन गर्ने कार्य गरिएको छ।
८) नियमित हेल्थ डेस्क संचालन गरि प्रतिबेदन गर्ने कार्य गरिएको छ ।
९) कोहलपुर बस पार्क मा हेल्थडेस्क स्थापना कार्यको तयारी गरिएको छ ।
१०)साथै नगरपालिकाका सबै स्वास्थ्य चौकीहरु कोहलपुर, रझेना र शम्शेरगञ्जमा फिभर क्लिनिक सञ्चालन गरिएको छ ।
११) कोरोना (कोभिट १९) संक्रमणको सम्भावित खतरारजोखिम अत्यधिक वढ्दै गएको सन्दर्भमा मिति २०७६/११/२२मा कार्यपालिकाबाट गठित समितिलाई यसको प्रभावरसंक्रमणलाई रोक्न र यस सम्वन्धी सम्पुर्ण निर्णय लिन तथा जुनसुकै शीर्षकको रकमबाट रोकथाम र व्यवस्थापन सम्वन्धी कार्यमा खर्चको दायित्व सिर्जना हुने निर्णय लिन अधिकार प्रत्यायोजन गर्ने निर्णय ।
१२) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७६/१२/०६ च.नं.३८८ को पत्रबाट लेखि आए बमोजिम सम्वन्धित तोकिएका पदाधिकारी रहने गरी वडा स्तरीय स्वयसेवक टोली सबै वडामा गठन  ।
१३) कोरोना भाइरस (कोभिड -१९) संक्रमणको संभावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न सरकारद्धारा घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारीर मजदुरी गरी जीविकोपार्जन गर्ने विपन्न नागरिकहरुलाई सहयोग गर्न विवरण सवै वडा कार्यालयहरुबाट वडागत रुपमा प्राप्त भएकोले उक्त विवरणको आधारमा १५ वटै वडा कार्यालयहरुलाई प्रति घरपरिवार कम्तिमा १५ के.जी.चामल,३ के.जी.दाल,१ लिटर खाने तेल र १ पोका नून समेत गरी हुन आउने न्युनतम रु.११०० (एक हजार एकसय) का दरले राहत रकम उपलव्ध गराउने निर्णय  ।
१४) कोरोना भाइरस संक्रमण्म रोक्ने अग्रपंतीमा रहेका स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुको मनोबल उच्च बनाउन आवश्यक सुविधा उपलब्ध गराउने निर्णय  ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २० गते बिहीबार