सुर्खेत ।
कोरोना भाइरस (कोभिड– १९) को परीक्षण गर्ने मेसिन कर्णाली प्रदेशको स्थायी राजधानी वीरेन्द्रनगर ल्याइदैं छ ।
संघिय सरकारले चीनबाट ल्याएको कोरोना परीक्षण मेसिन नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत ल्याउन लागिएको बताइएको छ । सुर्खेतमै प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्नमा सहजता हुने विश्वास रावतको छ ।
मेसिन कर्णाली प्रदेश अस्पतालमा राखिने छ । कोरोना परीक्षणको लागि प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालाले प्रयोगशाला विज्ञका रुपमा रामकृष्ण श्रेष्ठलाई पठाएको छ ।
एकसातासम्म श्रेष्ठले प्रदेश अस्पतालका चिकित्सकहरुलाई कोरोना परीक्षण बारे सिकाउने छन् । कर्णालीबाट हालसम्म झण्डैं २५ ओटा स्वाब नमुना काठमाडौं पठाइएको छ । यी सबै रिपोर्ट नेगेटिभ छन् ।
प्रकाशित मिति : २०७६ चैत १९ गते बुधबार









प्रतिक्रिया दिनुहोस्