कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु चौधरीले नगर भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुसँगको अन्र्तक्रिया कार्यक्रमलाई तिव्रता दिईरहेकी छिन् । उपप्रमुख चौधरीले प्रत्येक हप्ताको शुक्रबार सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अन्र्तक्रिया अभियानलाई सञ्चालनमा ल्याएकी छिन् ।
कोहलपुर नगरपालिका वडा नं. ३ मा रहेको श्री जनता माविमा शुक्रबार विद्यार्थीहरुसँग अन्र्तक्रिया गरेकी छिन् । सो अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बालविवाह, शौचालय, विद्यालयका भवन लगायत विभिन्न समस्याहरु उपप्रमुख चौधरी समक्ष राखेका थिए । साथै विद्यालयको गुणस्तरीय शिक्षाका लागि प्राविधिक शिक्षा, आवश्यक भौतिक संरचना निर्माण नहुँदा पढाइमा समस्या आईरहेको भन्दै राज्यले शिक्षाको सुधारका लागि स–साना कुरालाई प्राथमिकता दिनुपर्ने विद्यार्थीहरुले माग गरेका छन् ।
उपप्रमुख चौधरीले विद्यार्थीहरुका मागलाई सम्बोधन गर्नका लागि स्थानिय सरकारले विशेष नीति लिने भन्दै विद्यालयका समस्याहरुलाई समाधानका लागि कोहलपुर नगरपालिकाको आगामि आर्थिक वर्षको योजनामा समावेश गरिने प्रतिवद्वता जनाएकी छिन् ।
साथै विद्यालयमा बढ्दो क्रममा रहेको बालविवाहलाई न्यूनिकरण गर्नका लागि सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिने भन्दै दिँदै बालविवाह विरुद्व शिक्षक, विद्यालय परिवार, अभिभावक लगायत स्वयम् विद्यार्थी नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छिन् ।
त्यस्तै विद्यालयको आवश्यक भौतिक संरचना निर्माणका लागि संघिय, प्रदेश र स्थानिय सरकार बिच सहकार्य गरी अगाडि बढ्ने जानकारी दिएकी छिन् । कोहलपुर क्षेत्रको सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तरीय शिक्षाका लागि विद्यार्थीसँग उपप्रमुख कार्यक्रमको आयोजना गरिएको उनले बताएकी छिन् ।
विद्यालयमा देखिएका विभिन्न समस्याहरुलाई सामाधान गर्नका लागि विस्तृत योजना निर्माणमा आवश्यक पर्ने भएकाले सो अभिभायनलाई तिव्रता दिईएको उपप्रमुख चौधरीको भनाईरहेको छ ।








प्रतिक्रिया दिनुहोस्