दाङ ।
नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइतेको उद्धार गरिएको छ। बुधबार सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको हो।
गाडीमा सवार ७ जनामध्ये सेनाका जमदार यादवप्रसाद घरेलको मृत्यु भएको छ। घाइते हुनेहरुमा सेनाका मेजर इश्वर सिलवाल, विपिन श्रेष्ठ, मोहन थापा, जयप्रसाद बोहरा, विशाल गुरुङ, रोशन हित रहेका छन्।गाडी करिब ५ सय मिटर तल खसेको थियो। घाइतेहरुलाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।
गाडीमा अन्य हतियार नभएको र व्यक्तिगत सबै हतियार भेटिएको सेनाले दाबी गरेको छ।
प्रकाशित मिति : २०७६ माघ २९ गते बुधबार









प्रतिक्रिया दिनुहोस्