जुम्ला ।
जिल्लाको एकमात्र चन्दननाथ नगरपालिककाका प्रमुख कान्तिका सेजुवाल माथि अनियमितता तथा भ्रष्टाचार गरेको आरोप लागेको छ । कर्णाली प्रदेशकी एकमात्र महिला नगरप्रमुख सेजुवाल माथि लाई उप–प्रमुख अप्सरादेवी न्यौपानले सहित ६ जना वडाअध्यक्ष्बाटै, अनियमितता, सार्वजनिक सम्पतिको दुरुपयोग र क्षेत्राधिकार मिचेको आरोप लागेको हो ।
मंगलबार नगरपालिकाको कार्यालय मै पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले लिखित रुपमा नगर प्रमुखले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को उपदफा ४ बमोजिम रहेको न्यायिक समितिको क्षेत्रधिकार माथि हस्पक्षेप गरेको , नगर सभा बारे पारित भएका निर्णय माथि धावा बोल्दै नियम विपरित अनियमिता गरेको आरोप लगाएका छन् ।
उप–प्रमुख न्यौपाने, ६ जना वडा अध्यक्ष र चार जना कार्यपालिका सदस्यहरुद्धारा सयुक्त रुपमा हस्ताक्षेरित विज्ञप्तिमा १० फाल्गुण २०७४ मा सम्बन्धित वडाका जनताको ईच्छा विपरित न्यायिक समितिको अधिकार माथि हस्पक्षेप भएको, बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रबाट नगरपालिकाका दलित तथा जनजातीको नाममा पाउनु पर्ने सोलार प्रकरणमा समितिको अधिकार नै कटौती गरी बैइमानीलाई बचाउन रहस्यमय ढंगले १५ मंसिर २०७६ मा बैकल्पिक उर्जाको सोलारको अनुदान रकम फिर्ता, जम्मा नहुदैँ सिफारिस पत्र पठाएर नितिगत रुपमा खराब प्रबृद्धि र दोषि व्यक्ति बचाउने असफल प्रयास प्रमुखबाट भएको उल्लेख गरिएको छ ।
‘ आर्थिक वर्ष २०७४÷०७५ को पहिलो नगर सभाको बैठकबाट पारित बजेटको टेन्डर प्रक्रिया, कन्टीजेन्सी, तथा म्याचिंङ फन्ट जस्ता नगरपालिकाका आम्दानीका स्रोत प्रत्रिया अनुसार हुनुपर्नेमा प्रमुखको तोक आदेश मार्फत खर्च गर्ने गरिएको छ’ उक्त प्रेस विज्ञप्तिमा भनिएको छ,‘ आर्थिक वर्ष २०७४÷०७५ मा सम्पुर्ण योजना अनुगमन तथा सुपरिवेक्षण नगर प्रमुख बाटै हुदै आएको छ र उक्त वर्षको वर्ष अहिले सम्म पनि खर्च नभएकोले क्षेत्राधिकार बाहिर रही हस्तक्षेप गर्नु अनियमितता नै हो ।’
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १६ को उपदफा ४ मा बमोजिम मा उप–प्रमुखको संयोजकत्वमा योजना अनुगमन तथा सुपरिवेक्षण समिति हुने उल्लेख छ । प्रत्येक आर्थिक वर्षको चौमासिकको सार्वजनिक सुनुवाई गर्नु पर्ने नगर कार्यपालिकाको बैठकमा निर्णय भएपनि प्रमुख सेजुवालको स्व ईच्छामा काम हुदै आएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
यसैगरी २०७५÷०७६ को योजना अनुगमन पनि अत्यन्तै रहस्यमय ढंगले वडा नम्बर ८ को लामासिप सडक निर्माणमा रु १० लाख, वडा नम्बर २ खाली भदाली सडकको रु १४ लाख, वडा नम्बर ३मा जुगाडखोला तटबन्ध निर्माणमा १० लाख र नगरपालिकाको कम्पाउण्ड पर्खाल निर्माणमा रु ८ लाख ५० हजार बजेट बैठकको निर्णय बिना एकल निर्णयबाट भुक्तानी दिएको विषय प्रत्येक बैठकमा प्रमुख एजेण्डा बन्दै आएकोले सो सम्बन्धमा कानुनी राज्य भएकोले कानुन बमोजिम खर्च गर्न गम्भीर ध्यानाकर्षण गरिएको हो ।
उक्त प्रेस विज्ञप्ति मै नगरपालिकाको महत्वपूर्ण कामको लागि प्रयोग गरिने सवारी साधन बा.२ झ ४०८१ नम्बरको आईलेकस गाडी पटक पटक बिना काम प्रमुख सेजुवालको परिवार, आफन्त ईच्छाएका सिमित व्यक्तिलाई जुम्ला देखि काठमाडौँ सम्म प्रयोग गरिएको बताइएको छ । यस्तै ईन्धन र मर्मत भनी एक पटक करिब १ लाख ५० हजार गरी अनियमितता तथा भ्रष्टाचार भएको छ ।
उप–प्रमुख न्यौपानेले यस्तै किसिमका अनेक अनियमितता र व्यथिति नगर प्रमुख कै कारण भएको भन्दै तत्काल कार्यशैली सुधार गर्न माग गरेकी छन् ।
जनताको भोटको अबमुल्यन गर्ने अधिकार कसैलाई कसैलाई नभएको भन्दै सुधारिन माग गर्दै प्रमुखका अनियमितता बारेमा बोल्नु परेको उनीहरुको भनाइ छ । उता नगर प्रमुख कान्तिका सेजुवाललाई यस विषयमा आफूलाई जानकारी नै नभएको बताइन । तपाईलाई भ्रष्टाचार र अनियमतता गरेको आरोप छ लगाइएको छ नी भन्ने राजधानीको प्रश्नमा उनल आफ्नो चरित्र हत्या गर्ने व्यक्तिगत कुण्ठा पोेख्नको लागि आरोप लगाइएको बताइन् ।
‘उनीहरुको आरोप जनताको लागि होइन व्यक्तिगत र पार्टीगत प्रतिसोध साध्नको लागि लगाइएको हो’ उनले भनिन्,‘ मैले कसैको अधिकार मिचेको छैन ।’ चन्ददनाथ नगरपालिकामा बारम्बार र प्रमुख र उप–प्रमुख बीच विवाद चुलिदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्