सुर्खेत ।
कर्णाली प्रदेशमा क्रियाशिल दलित पत्रकारहरु राजधानी वीरेन्द्रनगरमा भेला भएका छन् ।
पहिलो पटक राष्टिय दलित पत्रकार संघ नेपालको आयोजनामा १० जिल्लाका पत्रकारहरु भेला भएका हुन् । भेलाको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले उद्घाटन गरे ।
उद्घाटनमा बोल्नै मन्त्री भण्डारीले दलित पत्रकारहरुले खोज र अनुसन्धानमुलक पत्रकारितालाइए जोड दिन आग्रह गरेका छन् ।
उनले अहिले पनि समाज आवाज विहिनहरु रहेको भन्दै निमुखाको आवाज बन्नु पर्ने बताए । उनका अनुसार छुवाछुत तथा जातीय विभेद सामाजिक कलंक हो ।
उद्घाटनमा बोल्ने अधिकांश वक्ताले राज्य नै दलितहरुको पक्षमा नरहेको भन्दै दलित पत्रकारहरुले त्रियाशिल रुपमा लाग्नु पर्ने बताएका थिए ।
भेलामा १० जिल्लाका करिब ५० जना क्रियाशिल दलित पत्रकारहरुको सहभागिता रहेको छ । भेलाको अहिले बन्द सत्र चलिरहेको छ । बन्दसत्रबाट नयाँ प्रदेश समिति गठन गरिनेछ ।








प्रतिक्रिया दिनुहोस्