जुनकिरीको साधारण सभा



कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको जुनकिरी कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच सहकारीको साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा सहकारीको भावि योजना प्रस्तुत गरिएको थियो ।

सहकारीका अध्यक्ष विनोद पौडेलद्धारा प्रस्तुत प्रतिवेदनमा सहकारीका योजनाहरु अघि सारिएको छ । सहकारीले सदस्यहरुको क्षमता विकास व्यवसायिक विकासका लागि पहल गरिने, ऋण लगानीबाट सदस्यको आर्थिक तथा सामाजिक स्तर उठाउने योजना लिएको छ ।

यस्तै वार्षिक रुपमा गरिने क्रियाकलापहरु निर्धारण गरी योजनाबद्ध तवरबाट सञ्चालन गरी रणनिति लक्ष्यमुखी उपलब्धी हासिल गर्ने सवालमा प्राथमिकीकरण गरिनेछ भने गैर सदस्यलाई केही सेवा उपलब्ध गराई सस्था प्रति उनीहरुको आस्था जोगाई संख्याको सदस्य बन्न प्रोत्साहित गरिने सहकारीले जनाएको छ । सहकारीका अध्यक्ष पौडेलले समय सापेक्ष आधुनिकीकरण गर्दै प्रतिस्पर्धी क्षमताको अभिवृद्धि गर्ने साथै सदस्य मैत्री तवरबाट सञ्चालन गर्ने बताए ।

सहकारीले बचत परिचालन, ऋण लगानी, एग्रो फर्म सञ्चालन गर्ने निति तय गरेको छ । यस आर्थिक वर्ष २०७५÷०७६ मा भए गरेका प्रगती वितरण समेत प्रस्तुत गरिएको थियो । गत वर्ष संस्थाको बचत ७६ लाख ९६ हजार ३ सय ४४ रुपैयाँ संकलन, ऋण लगानी २७ लाख ९ हजार २ सय ८५ रुपैयाँ र सेयर बृद्धि १, लाख ९० हजार २ सय रुपैयाँ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २० गते आइतबार