कोहलपुर ।
बाँकेको कोहलपुरमा यही २०७६ पौष २४ गतेदेखि माघ ५ गतेसम्म सञ्चालित हुने ’’तेस्रो प्रादेशिक औधोगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी ,व्यापार एवं पर्यटन महोत्सवको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोहलपुरको महोत्सव उद्घाटन गर्ने भएका छन् ।
नेपाल घरेलु तथम साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितिका अध्यक्ष हेम विक्रम जि.सी.ले प्रदेश नं. ५ का १२ वटा जिल्ला र कर्णाली प्रदेशमा पनि सबै स्थानीय तहमा सहजिकरणको लागि पहल गरेको बताए ।
स्थानीय तहमा भएका विभिन्न राजनितिक दल, विद्यार्थी संगठनहरुसँग पनि सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन उनले भने, महोत्सव भित्र बृद्धाबृद्ध र बालबालिकाहरुलाई विशेष ठाउँ बनाएका छौं । यहाँ स्थानीय रुपमा उत्पादन हुने बस्तुहरुलाई बढि प्राथामिक दिएको उनको भनाई रहेको छ ।
प्रकाशित मिति : २०७६ पुस १९ गते शनिबार








प्रतिक्रिया दिनुहोस्