रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दियाको बढैयाताल गाउँपालिकामा जारी पालिका स्तरिय फुटवल प्रतियोगिता अन्तरगत आज शनिबार हुने भनिएको फाइनल खेल स्थगित भएको छ । शुक्रबार भएको बर्षाका कारण आज हुने भनिएको फाइनल खेल एक हप्ता पछाडि सारिएको हो ।
स्थगित भएको फाइनल खेल आगामी पुस ५ गते हुने आयोजक कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष शुशिल चौधरीले जानकारी दिए । ‘शुक्रबार दिन भरी बर्षा भएकाले खेल मैदान हिलाम्य भयो’ उनले भने, ‘खेल खेल्न नमिल्ने भएकाले पुस ५ गते शनिबार फाईनल खेल गर्ने निर्णय गरेको हौं ।’
प्रतियोगिताको फाईनलमा उपाधिको लागि बाँसगढी नगरपालिका र मधुवन नगरपालिका भिड्ने छन् । ‘खेलकुद र पर्यटनको प्रबद्र्धनः बर्दियाको समर्पण’ भन्ने नारा सहित कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बढैयातालको आयोजनामा मंसिर २१ गते देखि प्रतियोगिता सञ्चालन भएको हो ।
जिल्लामा रहेका ८ वटै पालिकाहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । व्यवसायिक खेलको विकास र बर्दिया भ्रमण बर्ष २०७६ का साथै भ्रमण बर्ष सन् २०२० को प्रचार प्रसार गरी बर्दियालाई पर्यटनमय बनाउन प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
प्रतियोगितामा बिजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ६० हजार नगद, शिल्ड र प्रमाण पत्र पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्