बाँसगढीमा विशेष बन्यो, लैगिंक हिंसा विरुद्धको अभियान



रावन बिश्वकर्मा, बाँसगढी ।

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान बर्दियाको बाँसगढी नगरपालिकाले विशेष रुपमा मनाएको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्येवद्धता’ भन्ने मुल नारा सहित मंसिर ९ गते देखि मंगलबारसम्म सञ्चालन भएको अभियान अन्तर्गत नगरपालिकाले विभिन्न कार्यक्रम गरेको थियो । बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना, ईलाका प्रहरी कार्यालय मोतिपुर, इन्सेक बर्दिया र कमैया महिला जागरण समाजको सहकार्यमा अभियानलाई प्रभावकारी बनाउन वडागत रुपमा अन्र्तक्रिया गरिएको थियो ।

अभियानलाई शहरमा भन्दा गाउँ केन्द्रीत गरी गाउँ समाजमा रहेका नागरिकहरुलाई लैंगिक हिंसा, कानुनी प्रावधान र सजायका बारेमा समेत जानकारी दिने गरी कार्यक्रम सञ्चालन

गरिएको महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापाले जानकारी दिइन् । उनका अनुसार लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानलाई अभियानको रुपमा मात्रै मनाउनु भन्दा बढी प्रभावकारी बनाउन बाँसगढीको २ र ३ नम्बर वडामा, वडा नम्बर ४ मा र वडा नम्बर ७ मा वडा स्तरीय अन्र्तक्रिया गरिएको हो ।

मंगलबार बाँसगढीमा नगर स्तरीय अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी दिवसको भव्य रुपमा समापन गरिएको छ । अभियान समापन कार्यक्रममा बोल्ने वक्ताहरुले लैंगिक हिंसा अन्त्यका लागि सबैले सोचमा परिवर्तन गर्नुपर्ने बताएका थिए ।

सहभागीहरुले समाजले बनाएको मुल्य र मान्यतालाई परिवर्तन गर्दै आ–आफ्नो सोचमा परिवर्तन गर्न सके मात्रै सबै खाले हिंसाको अन्त्य हुन सक्ने कुरामा जोड दिए । महिलाहरु बढी हिंसामा परिरहेकाले महिला आफै पनि सचेत हुन जरुरी रहेको कार्यबाहक नगर प्रमुख सुष्मा चौधरीले बताईन् । उनका अनुसार महिलाहरुको अधिकारहरु प्रशस्त छन्, तर महिलाहरुले अधिकार सँगै कर्तव्य पनि भुल्न हुदैन् । महिला तथा बालबालिका शाखा प्रमुख थापाले सञ्चालन गरेको कार्यक्रममा अधिवक्ता बसन्त गौतमले लैगिंक हिंसा विरुद्धका नेपाली कानुनी व्यवस्था, मुलुकी अपराध संहिता ऐन, २०७४ का लगायत बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रममा महिला हिंसा विरुद्धमा लागेर समाज परिवर्तनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने ३ जना महिला अगुवालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेमा वंक्रबिहारी थारु, शिव कुमारी सापकोटा, उतिमा विक रहेका छन् । ‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार, घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि हिंसा रहित समाज निर्माण गरौँ’ लगायतका नारा लगाउँदै ¥यालीले बाँसगढी परिक्रममा गरी कोण सभा गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २५ गते बुधबार