सम्पादकीय : चूनावी रौनक



फेरी एक पटक देशभर चूनावी माहोल निकै तातेको छ । देशभर उप निर्वाचनको माहोलले चूनावमय बनेको छ । चिया गफ देखि पसल चौतारा जताजतै चूनावी जोर घटाउ सुरु भईसकेको छ । भने चूनाव हुने बस्तीमा निकै तामझाम देखिन्छ । भने उम्मेदवारहरु आफू जित सुनिश्चिताका लागि करसत गरिहेका छन् । दल केही आफ्नो विसरात यथावत राख्ने र कही अरुको विरासत तोड्ने दाउमा चूनावी मैदानमा होमिएका छन् । चूनाव आफैमा दलहरुको परिक्षाको घडी हो । जनतालाई आफ्नो पक्षमा पार्नको लागि विभिन्न नाराका साथ जनता आफ्नो पक्षमा पार्नको लागि रिझाई रहेका छन् । नेपालका विभिन्न समयमा भएका चूनावी माहोल हेर्दा चूनावमा दाम साम दण्ड भेदको प्रयोग गरेको पाईन्छ । स्वच्छ रुपमा चुनाव भएको छ भन्ने विस्वनीय आधार भेटिएको छैन भन्ने अतियुक्ति हुदैन होला ।

चूनाव आफ्नो शक्ति प्रदर्शन गर्ने माध्यमको रुपमा समेत परिभाषित गरिन्छ । आर्थिक रुपमा समेत निकै खर्जिलो हुने गरेको छ नेपालमा चूनाव । पैसा सँग भोटलाई साट्ने गरेका
छन् । चूनावका बेला सबै भन्दा बढि बाढिने भनेको आस्वासन हो । जनतालाई आस्वासन दिने र सत्तामा पुगि सकेपछि जनतालाई नै बिर्सिने चलन रहेको छ । जनतालाई सत्ताको सिढी मात्रै बनाउने र आफू सत्तामा पुगेर मोजमस्ती र सम्पति आर्जन गर्ने गरेको तितो यर्थात हामी कहाँ रहेको छ । यसको पुर्ण रुपमा अन्य हुनु पर्छ । मतदान मानिसको संवैधानिक अधिकार हो । संविधान प्रदत्त अधिकार हो । त्यसैले संवैधानिक अधिकारको सही सदुपयोग आवश्यक रहेको छ । जनताले पनि मतदान गर्दा कोही सही को गलत छुट्याउने समय आईसकेको छ । त्यसै उप निर्वाचनलाई सही मान्छे छान्ने अवसरको रुपमा प्रयोग हुनु पर्दछ ।

जनता जर्नादनको नारालाई सही रुपमा सदुपयोग गर्न हामी चुक्नु हुदैन । कस्तो व्यक्तिलाई जिताउने या न जिताउने त्यो हाम्रो हातमा छ । त्यसैले हाम्रो होई राम्रो व्यक्ति छानौ । कसैको प्रभावमा नपरौ । पैसाँ,लोप लालचमा कोही पनि नभसौ । आफुलाई मनको परेको विकास गर्न सक्ने ,जनताको मन जित्न सक्ने मान्छेलाई भोट हालो । अर्को तिर चूनाव शान्तिपुर्ण ढंगमा सफल पार्नको लागि हाम्रो भूमिका निकै महत्वपुर्ण रहेको छ । गाउँ गाउँ देखि बस्ति बस्तिमाबाट उठेर राष्ट्रिय एकताको सन्देश फैलाउ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार