वडा कार्यालयलाई चेक हस्तान्त्रण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११,मा रहेको सिभिल बैंक लिमिटेडले वडा कार्यालयलाई चेक हस्तान्त्रण गरेको छ । कोहलपुर देखि नेपालगञ्ज सडकमा ग्रिन बेल्ट निर्माणको लागि १५ हजारको चेक हस्तान्त्रण गरिएको हो । बैंकको ९ औँ वाषिकोत्सवको अवसरमा वडा कार्यालयलाई ग्रिन बेल्ट निर्माणको लागि वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापालाई प्रदान गरिएको थियो । सिभिल बैंक लिमिटेड कोहलपुरका शाखा प्रबन्धक बसन्त कुमार रेग्मीले बैंकले विगतका वर्षहरुमा समेत सामाजिक कार्य गर्दै आएको बताए ।

उनका अनुसार बैंकको स्थापनाको अवसरमा ग्रिन बेल्ट निर्माणको लागि सहयोग गरिएको हो ।चेक हस्तान्त्रण गर्दै उनले आगामी दिनमा समेत कोहलपुर क्षेत्रमा सामाजिक कार्य गर्दै जाने बताए । यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले बैंकले गरेको सामाजिक कार्य निकै स्रहानीय रहेको उनले बताए । उनले सडकको सुन्दरता निर्माणको लागि बैंकहरुको सहयोग रहेको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छन् ।

यस्तै बैंकहरुको विकासका लागि वडा कार्यालयबाट गनु पर्ने सहयोग गर्न तयार रहेको उनको भनाई छ । चौराहा देखि त्रिभुवन माध्यमिक विद्यालय सम्मको सडमा ग्रिन बेल्ट निर्माणको लागि सहयोग गरेका छन् । १ सय ७० मिटर बेल्ट निर्माणको लागि बैंकहरुको सहयोग रहेको वडा अध्यक्ष थापाले जानकारी दिए । ‘कोहलपुर नगरपालिकाले ग्रिन सिटीको निति लिएको छ’ उनले भने, ‘क्लिन सिटी बनाउनको लागि सबैको सहयोग उल्लेखनीय छ ।’ यस्तै हरियाली नगर बनाउनको लागि नगरबासीको सबै भन्दा ठूलो भूमिका रहेको थापा बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार