पाँचौ उद्योग स्थापना दिवस सुर्खेतमा पनि मनाइयो



चेत नारायण पाण्डेय । सुर्खेत ।

कर्णाली प्रदेशका नेपाल घरेलु तथा साना उद्योगीहरुले पाँचौ वार्षिक उत्सव मनाएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमबार एक औपचारिक कार्यक्रमका बीच मनाईएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले रोजगारी दिन नसके समृद्धिको नारा सफल हुन नसक्ने बताएका छन् ।

उनले नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा भएको पाँचौ उद्योग स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन ।

‘उद्योगको हिसाबले पछि परेको कर्णाली प्रदेशमा ठूला उद्योगहरु स्थापना हुन सकेका छैनन्’उनले भने,‘यस्तो अवस्थामा साना उद्योगले पनि काही रोजगारीको सिर्जना गरिरहेकाले उद्योग स्थापनाका लागि सरकारले लगानी गर्नसक्नु पर्छ ।’ उद्योगको प्रगतिका लागि उद्योगीहरु समेत सक्रिय भएर लाग्नु पर्ने बताउँदै स्थानीय उत्पादित वस्तु आफैले प्रयोग गर्ने र आवश्यकता भन्दा बढि उत्पादन गरेर निर्यात तर्फ ध्यान दिनुपर्ने बताए ।

यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले बजार क्षेत्रमा प्रतिस्पर्धा गर्नका लागि गुणस्तरीय सामानको उत्पादनमा जोड दिनु पर्ने बताए । नेपाल सरकारले एकद्वार प्रणालीबाट कर लिने वातावरण सिर्जना गरेको उनको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार