श्रद्धाञ्जली कार्यक्रम



सुर्खेत ।

स्व. पत्रकार दिलप्रकाश शर्माको ११ औ पुण्यतिथिका अवसरमा आइतबार श्रद्धाञ्जली कार्यक्रम गरिएकोे छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । पत्रकार शर्माको गत कार्तिक २८ गते काठमाण्डौमा बोनम्यारो रोगको उपचारको क्रममा निधन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले एक बर्षको अवधिमा सुर्खेत शाखाले दुई जना यूवा पत्रकार गुमाउनु परेकोले अतुलनीय क्षेती भएको
बताए ।

त्यस्तै पत्रकार महासंघ कर्णाली प्रदेश महासचिव दिपेन्द्र शर्माले कर्णाली प्रदेश सरकार र स्वास्थ्य बिमा बोर्डको सहकार्यमा कर्णालीका सबै पत्रकारको स्वास्थय बिमा गरिने बताए ।

स्व. पत्रकार शर्माको परिवालाई सहयोग गर्न प्रदेश सरकार सँग अपिल भइरेको उनको भनाई थियो । महासंघले पत्रकारको दुर्घटना बिमा १० पु¥याईनु पर्ने माग गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार