चेत नारायण पाण्डेय । सुर्खेत ।
कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पताललाई सुर्खेत मेडिकल कलेजको रुपमा स्थापना गरिने भएको छ । प्रदेश अस्पताललाई स्तरोउन्नती गरि मेडिकल कलेज बनाईने भएको हो । कर्णालीबाट नव नियूक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले आफ्नो कार्यकाल भित्रै प्रदेश अस्पताललाई मेडिकल कलेज बनाईने बताएका हुन् । नेपाल सरकारको राज्यमन्त्री नियूत्ति भएपछि पहिलो पटक गृह जिल्ला पुगेका रावततले पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए ।
प्रदेश अस्पताललाई आधार मानेर मेडिकल कलेज स्थापनाका लागी पहल गर्ने राज्यमन्त्री रावतले आश्वसन दिए । उनले केन्द्र सरकारबाट सुर्खेतमा प्रदेश स्तरीय मेडिकल कलेज स्थापनाका लागि डिपिआर गर्ने काम सुरु भई सकेको भन्दै त्यसैलाई निरन्तरता दिइने जानकारी दिए । अन्य प्रदेशको भन्दा अब्बल प्रदेश बनाएर १० बर्षमा कर्णालीले विकासमा फड्को मार्ने उनले बताए ।
‘कर्णालीमा अहिले पनि सिटामोल नपाएर मृत्युवरण गर्ने अवस्था छ’ उनले भने, ‘अब कर्णाली स्वास्थ्यको अब हुन्छ ।’ सुर्खेतको समस्यासँग आफू जानकारी भएको बताउदै स्वास्थ्य राज्यमन्त्री रावतले स्वास्थ्य क्षेत्रको विकासका लागि सक्रिय रुपमा लागिने बताएका हुन् । त्यस्तै सुर्खेत कोहलपुर सडक खण्डको टेण्डर प्रक्रियामा रहेको बताए । पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा स्वास्थ्यमन्त्री रावतले हेलिकोप्टरबाट सुत्केरीको उद्धारको कार्यक्रम अझै प्रभावकारी बनाइने तथा सुर्खेतको प्रदेश अस्पतालमा हेलिप्याडको उचित व्यवस्था गरिने जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्