कोहलपुरमा नमूना मतदान



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा हुन गईरहेको उप–निर्वाचनलाई लक्षित गरी नमूना मतदान गरिएको छ । आगामी १४ गते हुन गईरहेको निर्वाचनलाई लक्षित गरी नमूना मतदान गरिएको हो । शनिबार सिद्धार्थ आधारभूत विद्यालयमा गरिएको नमूना मतदानमा ६० जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार नमूना मतदानमा २७ जना महिला र ३३ जना पुरुषले मतदान गरेका थिए । कुल ६० मत खसेकोमा ६ जनाको मत बदर भएको थियो । स्थानीय तहको उप–निर्वाचनको क्रममा मत बदर संख्या कम गर्ने उद्देश्यले नमूना मतदानको आयोजना गरिएको कार्यालयले जनाएको छ ।

नमूना मतदानमा सहभागि मतदाताहरुलाई मतदान गर्ने प्रक्रिया, निर्वाचन आचार संहिता र मत बदर संख्या काम गर्ने उद्देश्यले निर्वाचन विशेष सामग्री, निति नियमका बारेमा जानकारी गराइएको थियो । कोहलपुर ६ मा हुने उप–निर्वाचनमा २ हजार २६ जना मतदाता रहेका छन् । त्यहाँ मतदान केन्द्र दुईवटा तोकिएको छ ।

पहिलो मतदानन केन्द्र १ हजार ३६ र अर्को मतदान केन्द्रमा ९ सय ९० जना रहने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ८ गते आइतबार