कर सप्ताह समापन



कोहलपुर ।

बाँकेका उद्योगी व्यवसायीहरुले करमैत्री वातावरण हुनपर्नेमा जोड दिएका छन् । आठौं राष्ट्रिय कर सप्ताह २०७६ को समापन समारोहमा बोल्ने अधिकांश वक्ताहरुले करमैत्री वातावरण बन्न नसक्दा कर लेनदेनको विषयमा व्यवसायी र प्रशासन विच बेलाबेलामा अप्ठेरो परिस्थिती सिर्जना हुने गरेको बताएका हुन् ।

सोही कार्यक्रममा सबै भन्दा धेरै कर तिर्ने बाँके र बर्दियाका दुई जना करदाता सम्मानित समेत गरिएको थियो । सम्मानित हुनेमा बाँकेबाट मंगल हार्डवेयरका सञ्चालक मंगल गुप्ता र बर्दियाबाट यूनिक नेपाल नामक संस्थाका प्रेमलाल थारु रहेका छन् । यस्तै उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै आन्तरिक राजश्व कार्यालयका कर्मचारी कुमार प्रसाद सुनार उत्कृष्ट कर्मचारीबाट सम्मानित गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ८ गते आइतबार