कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १४ मा समाज सेवा संस्था नेपालको ईकाई कार्यालय स्थापना भएको छ । शनिबार समाज सेवा संस्था १४ नं. इकाई कमिटिका अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा इकाई कार्यालयको स्थापना भएको हो ।
कार्यक्रमको प्रमख अतिथिको रुपमा कोहलपुर नगरपालिका वडा नं. १४ का अध्यक्ष टेकचन हरिजनले जस्तो नाम छ त्यस्तै गुणस्तरीय काम भएको बताए । ‘अहिलेको समाजले सामाजिक कार्यतर्फ कुनै युवाहरु सक्रिय भएको देखिदैन’ उनले भने, ‘यस संस्थाले केही युवाहरुलाई सामाजिक सेवा गर्नुपर्दछ भन्ने भावना जगाएको छ ।’
यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष बिनोद थापाले समाजमा रहेका विकृतिलाई हटाउन र सामाजिक सेवातर्फ आकर्षित गर्ने उद्देश्यले संस्था स्थापना भएको बताए । ‘समाजमा अहिले लागुऔषध प्रयोग गरेर कयौं यूवाहरुले आफ्नो ज्यान खतरामा राखेको पाइएको छ’ उनले भने, ‘यसको निराकरण गर्नका लागि हामीले विभिन्न क्षेत्र, वडा, गाउँघर टोलमा समेत अभियान चलाएका छौं ।’








प्रतिक्रिया दिनुहोस्