पहिलो खेलमा एम.एस. विजयी



सुर्खेत  ।
सुर्खेतका जारी एकदिवसीय मैत्रीपूर्ण क्रिकेटको पहिलो खेलमा आयोजक एम.एस. क्रिकेट एकेडेमी सुर्खेत विजयी भएको छ ।

सोमबार कालिञ्चोक मैदानमा भएको खेलमा महाभद्रकाली क्रिकेट क्लव दाङलाई २ विकेटले हराउँदै एम.एस. क्रिकेट एकेडेमी विजयी हो । टस जितेर ब्याटिङ गरेको महाभद्रकालीले ३४ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै २०० रनको योगफल तयार पा¥यो ।
जसको लागि राज कुमार कुमालले सर्वाधिक ३६ रनको व्यक्तिगत योगदान दिए । दिवान पुन मगर र जम्बो मगरले समान २८÷२८ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
एम.एस. एकेडेमीको तर्फबाट बलिङ्ग गर्ने क्रममा लोकेश जंग हमाल, रुपक दाहाल र प्रज्वल सिंजालीले समान ३÷३ विकेट लिए ।
यस्तै एम.एस. क्रिकेट एकेडेमी सुर्खेतले २८.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा एम.एस.का ब्याट्सम्यान एवं यू–१९ राष्ट्रिय टिमका खेलाडी रबिन्द्र जंग शाहीले ४० बलमा सर्वाधिक ७७ रन प्रहार गरे । यस्तै भविन सारु मगरले ३४ रन र राज कुमार शाहले १३ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
महाभद्रकालीका बलर सुशिल परियारले सर्वाधिक ३ विकेट लिए भने अर्का बलर दिवान पुन मगरले २ विकेट सफलता हात पारे । खेलको म्यान अफ द म्याच रबिन्द्रजंग शाही घोषित भए ।
एम.एस. क्रिकेट एकेडेमीको आयोजनामा हुने उक्त मैत्रीपूर्ण प्रतियोगिता सोमबार र मंगलबार दुई दिनसम्म सञ्चालन हुने एकेडेमीका सञ्चालक मोहन शाहीले बताए । उनले सुर्खेतमा क्रिकेटको माहोल बढाउन एवं क्रिकेटमा निखारता ल्याउन उक्त प्रतियोगिता सञ्चालन गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ कात्तिक २५ गते सोमबार