सम्पादकीय : ट्राफिक सचेतना बढाउ



सवारी दुर्घटना प्रमुख समस्याका रुपमा रहेको छ नेपालमा । दैनिक जसो साना तथा ठूला दुर्घटना भइरहेका हुन्छन् । दुर्घटनामा परी कैयौको मृत्यु हुने गरेको छ । भने कैयौं मानिस घाईते हुन्छन् । तथ्यांकलाई हेर्दा नेपालमा दैनिक सरदर ६ जनाको मृत्यु हुने गरेको छ भने उत्तिकै संख्यामा मानिस घाईते हुने गरेका छन् । यस्तै वार्षिक सात प्रतिशत मानिसको मृत्यु सवारी दुर्घटनामा हुने गरेको पाईन्छ । यसरी हेर्दा नेपालमा अकालमा ज्यान गुमाउनेको संख्या अधिक छ । विगत पाँच वर्षको आँकडा देर्दा ५४ हजार मात्रै सवारी दुर्घटनामा परेका छन् । सबैभन्दा बढी मोटरसाईकल दुर्घटनामा पर्ने गरेका छन् ।

माथिको तथ्यलाई हेर्दा नेपालका सडक पुर्ण सुरक्षित छैनन् । सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाही हो । चालकका कारण मात्रै ७१ प्रतिशत सवारी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाउछ । जुन निकै चिन्ताजनक अवस्था हो । १३ प्रतिशत मात्रै तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरेको छ । नेपालको भौगोलिक अवस्था, कमजोर सडक निति, सडक दुर्घटनाका कारण हुन् । अन्य थुपै्र कारणले सवारी दुर्घटना हुने पाईएको छ । जसका कारण हरेक वर्ष नेपालीले अकाल मृत्युवरण गर्नुपर्ने बाध्यता छ । कति अंगभंग भएर नारकीय जीवन बिताउन बाध्य छन् । विश्वका सडकको गुणस्तर र सुरक्षालाई हेर्ने हो भने नेपालका सडक निकै जोखिमयुक्त छन् । सडक संरचना सुधारको माग लामो समयदेखि हुँदै आएको छ । दुर्घटना सिंगो राष्ट्रको प्रमुख समस्या रुपमा रहेकोले यसको समाधान पनि जरुरी विषय बनेको छ ।

सवारी दुर्घटना न्युनिकरणको दीर्घकालिन उपाय खोज्नु नै अहिलेको आवश्यकता हो । दुर्घटनालाई निर्मुल नै पार्न त सम्भव छैन् तर न्युनिकरण भने पक्कै गर्न सकिन्छ । यसको राज्यस्तरमा बाटै प्रभावकारी योजनाको खाँचो रहेको छ । दुर्घटना न्युनिकरणको लागि व्यापक जनचेतना फैलाउनुको विकल्प छैन् । जनता राज्य सबै लाग्नुपर्छ । अकालमा हुने मृत्युवरण न्युनिकरण र पर्ने आवश्यकता छ । दुर्घटनामा प्रमुख कारण रहेको चालकको लापरबाही रोक्न सके मात्र हजारौका ज्यान जोगिने देखिन्छ । त्यसैले योग्य र सचेत चालकको व्यवस्था गरिनुपर्छ । बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकारको पुर्ण प्रत्याभूति राज्यले दिन सक्नुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २५ गते सोमबार