कोहलपुरमा ने.वि.संघले जलायो मोदीको पुत्ला



कोहलपुर।

नेपाल विद्यार्थी संघ बाँकेले कोहलपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । भारतले केही तीन अघि जारी गरेको नक्सामा नेपालको भूमि पनि समावेश गरेको विरोध मोदीको पुत्ला जलाईएको हो ।

नेपाली भूमि लिपुलेक र कालापानी अतिक्रमणको विरोधमा कोहलपुरमा विरोध प्रदर्शन समेत गरिएको थियो ।

बागेश्वरी क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन चौराहामा आएर कोष सभामा परिणत भएको थियो ।कोण सभालाई नेपाल विद्यार्थी संघका नेताहरुले सम्बोधन गरेका थिए । भारतीय विस्तारीय विस्तारबाद मुर्दाबाद, सिमा अतिक्रमण गर्न पाईदैन गो व्याक ईन्डिया जस्ता नारा लगाउदै ने.वि.संघले भारतको हस्पक्षेपकारी नीतिको विरोध गरेको हो ।

नेपाल विद्यार्थी संघ र बागेश्वरी क्याम्पस ईकाई कमिटिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २२ गते शुक्रबार