कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लाइन्स गाभर पार्कको कार्यसमिती पुर्नगठन गरिएको छ । शनिबार भएको पार्कको दोश्रो साधारण सभाबाट युवराज शाहलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । यस्तै उपाध्यक्षमा अनिल थापा, सचिवमा केशव विक्रम शाह, सहसचिवमा सुरेन्द्र रावल, कोषाध्यक्षमा रुवी शाह साधारण सभाबाट सर्वसम्मत चयन गरिएको छ ।
निर्वतमान अध्यक्ष युवराज शाहले गाभर पार्कलाई व्यवस्थित र स्तरउन्नती गर्ने बताए । ‘आन्तिरिक र बाह्य पर्यटकहरुको तिव्र रुपमा बढेको छ’ उनले भने, पर्यापर्यटन प्रबर्धन गर्नका लागि समितिले निरन्तर रुपमा काम गर्नेछ । गाभर पार्कलाई नेपालकै नमूनाकै रुपमा विकास गरी पर्यटन उद्योगमा नयाँ आयम सुरुवात गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा समितिका निर्वतमान अध्यक्ष प्रलाद शाह, पूर्व अध्यक्ष दानबहादुर थापा, रारा मानविय तथा वातावरणीय श्रोत विकास प्रयास (रेरी) बाँकेका अध्यक्ष पुनित विक्रम शाह, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थित रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्