कोहलपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो मंगलबार बाँकेको नेपालगञ्ज आउने भएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड नेकपा बाँकेले विभिन्न पर्वहरुको अवसरमा आयोजनामा गर्न लागेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि हुन आउन लागेका हुन् । चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ नेपालगञ्ज आउने कार्यक्रम तय भएको नेकपा बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल (आइपी)ले जानकारी दिए ।
प्रचण्डसँगै पार्टीका महासचिव विष्णु पौडेल समेत आउनेछन् । यस अघि सोमबार नै गर्ने भनिएको कार्यक्रम पार्टी अध्यक्षको कार्य व्यवस्थताका कारण मंगलबार गर्न लागिएको अध्यक्ष खरेलले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ कात्तिक १७ गते आइतबार








प्रतिक्रिया दिनुहोस्