कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको ज्ञान ज्योती माध्यमिक विद्यालयको नयाँ चार कोठे भवनको उद्घाटन गरिएको छ । बिहिबार एक औपचारिक समारोहका बीच चार कोठे पक्की भवनको उद्घाटन तथा हस्तान्त्रण गरिएको हो । भवनको सांसद महेश्वरजंग गहतराज ‘अथक’ले उद्घाटन गरे । संसद विकास कोष अन्तर्गत स्थानीय पुर्वाधार तथा साझेदारी कार्यक्रमको ५० लाख सहयोगमा निर्माण गरिएको हो । पुरै भवन सम्पन्न गर्न ४ महिना मात्रै लागेको थियो । आर्थिक वर्ष २०७५÷०७६ को शिक्षा क्षेत्रको पुर्वाधार निर्माण कार्यक्रम अनुसार निर्माण गरिएको भवन निर्माणको लागि कोहलपुर नगरपालिकाले १० लाख र विद्यालयको १० लाख सहयोग गरेका थिए ।
कुल ७० लाख लागतको चार कोठे पक्की सुविधा सम्पन्न भवन भन्दा अध्ययन अध्ययपनमा सहयोग पुग्ने विद्यालयले जनाएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम थारुका अनुसार २०७५ चैतमा शुरु गरेको भवन निर्माण कार्य गत असार मसान्तमा सकिएको हो । आर्थिक वर्षको अन्त्यमा उपभोक्ता समिति मार्फत निर्धारित समय भन्दा २ महिना अघि नै सम्पन्न गरी उद्घाटन तथा हस्तान्त्रण गरिएको हो । भवन उद्घाटन तथा हस्तान्त्रण सभामा उपभोक्ता समितिका अध्यक्ष बलराम थारुले भवनको चाबी वि.व्य.स. अध्यक्षलाई हस्तान्त्रण गरेका थिए । यस्तै विद्यालयको तर्फको लक्ष्य भन्दा अगाबै नमुना काम गरेको भन्दै उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक बिनोद शर्मा लम्सालले निकै सक्रियताका साथ लगनशिन भएर लक्ष्य भन्दा छिटो काय सम्पन्न गरेको उपभोक्ता समितिका तीन जनालाई आर्थिक सम्मान गरिएको जानकारी दिए । भवन निर्माणको लागि दिन रात नभनी खटिने अध्यक्ष, कोषाध्यक्ष र सचिवलाई ९० हजारको चेक हस्तान्त्रण गरिएको हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष थारुले भने आफुहरुको लगनशिलताको विद्यालयले कदर गरेको भन्दै विद्यालय प्रशासन र वि.व्य.स. प्रति कृतज्ञता प्रकट गरे । उनका अनुसार छोटो समयमा जसरी पनि सम्पन्न गर्नु पर्ने चूनौती पुर्ण कामको आफुहरुले विभिन्न बाधाका बीच सम्पन्न गरिएको हो । उक्त अवसरमा बोल्दै प्राधानाध्यापक लम्सालले अहिलको युग सुहाउदो प्राविधिक शिक्षा विद्यालयले अध्ययपन शुरु गरेको जानकारी दिए । ज्ञान ज्योतीमा अहिले तीन वर्षे सिभिल ईन्जिरियनिङ विषय पढाई भईरहेको छ । निकट भविष्य अटो मोबाईल ईन्जिरियनिङ कक्षा संचालनको तयारी भईरहेको विद्यालयले जनाएको छ ।
विद्यालय पूर्वाधारयुक्त बनाईन्छ ः अथक
भवन उद्घाटन तथा हस्तान्त्रण सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य महेश्वरजंग गहतराजले बाँकेका विद्यालयहरुलाई पूर्वाधारयुक्त बनाईने बताएका छन् । आफुले छानामुक्त विद्यालयको विषयमा बारम्बार बोल्दै आएको भन्दै बाँकेका विद्यालयहरु पूर्वाधारका दृष्टिले पुर्ण बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । स्थानीय पुर्वाधार तथा साझेदारी कार्यक्रम अन्तर्गतको ४ करोड रुपैया शिक्षा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिएको उनको भनाई थियो । गत आर्थिक वर्षको कार्यक्रममा शिक्षा विकासलाई प्रमुख प्राथमिकतामा राखि भौतिक पूर्वाधार निर्माण कार्य गरिएको उनले जानकारी दिए । गुणस्तरीय शिक्षाको लागि पूर्वाधार आवश्यक रहेकोमा जोड दिदै उनले विद्यालयहरुमा पूर्वाधारको कमि हुन नदिन आफ्नो तर्फबाट सदैव सहयोग र समर्थनको तयार रहेको बताए । यस्तै उनले शिक्षा विकासको लागि शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्पुर्ण हुनेमा जोड दिए ।
,









प्रतिक्रिया दिनुहोस्