शिक्षालयको तेस्रो परिषद सम्पन्न



कोहलपुर, फागुन १२

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद भेरी प्राविधिक शिक्षालय नेपालगंजको तेश्रो परिषद दिवस बुधवार नेपालगन्जमा सम्पन्न भएको छ ।
शिक्षालयले परिषद सप्ताह व्यापी रुपमा खेलको आयोजना गरि परिषद मनाएको हो । बुधवार भएको परिषद दिवसको अबसरमा प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले देशको बिकास निर्माणमा प्राविधिक शिक्षाको अति आवश्यक रहेको बताउनुभयो । देशलाई योगदान दिन तथा रोजगार मुलक बनाउन प्राविधिक शिक्षालाई गुणस्तरियकरण बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्राविधिक शिक्षामा गुणस्तरियकरण गर्न सके देशमा जनशक्ति उत्पादन हुने उहाँले बताउनुभयो । भेरी प्राविधिक शिक्षालय पुुर्ण अपाङग मैत्री भएको कारण गुणस्तरीय शिक्षामा विकास हुने बताउनुभयो । देशभारका ३४ वटा प्राविधिक शिक्षालयबाट शिक्षा प्रदान गर्दै आएको छ । नेपालमा अझै पनि प्राविधिक जनशक्ति अपुग रहेको सिटिभिटिका क्षेत्रिय निर्देशक यादव आचार्यले बताउनुभयो ।
भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा हाउस वायरिङग, प्लम्बर, मोवाईल मर्मत, रेफ, मेकानिक्स, डकर्मी, मोटरसाईकल मर्मत, मेकानिकल, इलेक्ट्रोनिक्स, सिभिल सेक्रेटरियल, अटोमोवाईल जस्ता प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । मध्यमस्तरिय प्राविधिक जनशक्ति बढि भन्दा बढि उत्पादन गरि देशको प्राविधिक जनशक्तिको आवश्यकता पुरा गर्नु शिक्षालयको प्रमुख लक्ष्य रहेको शिक्षालयका प्रमुख भिमकान्त लामिछानेले बताउनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १२ गते बुधबार