हेटौंडा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुर्ब–पश्चिम सडक खण्डबाट ८५.६ केजी गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बिशेष सूचनाको आधारमा मनहरिबाट हेटौंडातर्फ आइरहेको बा१२ख ८५५६ नम्बरको कारलाई उपमहानगरपालिका–११ थानाभर्यांगमा चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो ।
प्रहरीले कार चालक मकवानपुर कैलाश गाउँपालिका–१ घर भई हाल इच्छा गाउँपालिका–७ चितवन बस्ने बर्ष ३० को गणेश थापालाई नियन्त्रणमा लिएको
हो ।
६ वटा पोकामा प्लास्टिकले बेरी लुकाईछिपाई राखेको अवस्थामा कारको पछाडी डिकीबाट उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले बताए ।
कारसहित थापालाई नियन्त्रणमा लिई लागुऔषध ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिए । कसुर प्रमाणित भएमा निजलाई २ देखि १० बर्ष जेल र १ लाख देखि २० लाख सम्म जरिवाना भई कार समेत जफत हुने व्यवस्था छ ।









प्रतिक्रिया दिनुहोस्