कोहलपुर स्वास्थ्य चौकीमा बिरामीको घुइचो



शुभाकर विश्वकर्मा । कोहलपुर ।

अत्यधिक गर्मी बढेसँगै कोहलपुर स्वास्थ्य चौकीमा छाला बिरामीको संख्या अत्यधिक बढेको छ । गर्मी महिना लागेसँगै अत्यधिक गर्मी बढेपछि स्वास्थ्य चौकीमा बिरामीको घुँईचो बढेको हो । यसबर्ष कोहलपुर क्षेत्रको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको छ । स्वास्थ्य चौकीमा उपचारको लागि दैनिक सरदर १ सय ५० जना आउने गरेका छन् । स्वास्थ्य चौकीमा अहेब राम कुमार थारुका अनुसार सबै भन्दा बढि छालाको समस्या भएका बिरामी दैनिक सरदर ३० देखी ४० जनासम्म आउछन् ।

उनका अनुसार छालापछि दम, टाईफाईड, ग्यास्ट्रिक, झाडापखाला लगायतका बिरामीको संख्या धेरै छ । अत्यधिक गर्मीका कारण एलर्जी हुने, दाग निस्कने, फोका आउने बिरामी बढेका हुन् । ‘पहाडबाट तराई झरेका बढि आउने गरेका छन्’, उनले भने, ‘मौसम परिवर्तनका तथा अत्यधिक गर्मीका कारण यो समयमा बिरामीको बढि भिडभाड हुन्छ ।’ यस्तो अवस्थामा व्यक्तिगत सरसफाईमा ध्यानु पर्ने पर्ने उनको सुझाव छ । अहेब थारुले बैशाख महिनामा मात्रै १ हजार ५ सय ८ जनाले सेवा दिएको जानकारी दिए ।

ओपिडिमा मात्रै ५ वर्ष मुनीका १ सय ३६ जनाले सेवा लिएका छन् । उनले अहिले ११ जनाले कर्मचारीले काम गरिहेको जानकारी दिए । यसैबिच यो याममा झाडापखाला बाहेक विशेषतः आउँ, हैंजा, फुड प्वाइजनिङ, टाइफाइड, जुका अन्य लामखुट्टेजन्य रोग संगै लु को पनि समस्या देखिन सक्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ ।

सुतीको कपडा लगाउने, दिनहुँ नुहाउने, प्रशस्त पानी र झोल पदार्थ पिउने, व्यक्तिगत सरसफाइ गर्दा गर्मी मौसममा पनि स्वस्थ रहन सकिन्छ । रोगहरुबाट बच्न खानेकुरा राम्रोसंग सफा गरेर, पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पुग्दैन, दैनिक प्रयोग गर्ने भाँडाकुँडाहरु सफा हुन, खाना खानुभन्दा अघि र पछि हात राम्रोसंग साबुन पानीले माडेर धुन जरुरी छ । स्वास्थ्य समस्या आइपरेमा नजिकैको स्वास्थ्य संस्थामा गई उपचार गराइहाल्न चिकित्सकले अनुरोध गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ९ गते बिहीबार