भरतपुर अपडेट: रेनुलाई १० हजार मतको अग्रता



भरतपुर ।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १० हजार १२६ मतको अग्रता लिएकी छन् ।

१ लाख १० हजार ४५४ मत गन्दा रेनुले ४४ हजार ३०५ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी १८ हजार ४२२ मतले अघि छन् । अधिकारीले ४५ हजार ४६८ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरूङले २७ हजार ४६ मत पाएकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ९ गते सोमबार