सुर्खेत/ सुर्खेतमा एक वर्षमा १२ हजार ४३५ जनाले नागरिकता लिएका छन् । आव २०७४÷०७५ मा जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ हजार ४३५ जना नागरिकलाई नागरिकता प्रदान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार सबैभन्दा बढी नयाँ नागरिकता लिनेको संख्या रहेको छ । जिल्ला प्रशासनबाट बंशजका आधारमा सात हजार ७४७, प्रतिलिपि नागरिकता चार हजार ६८२ र वैवाहिक अङ्गीकृत नागरिकता छ जनाले लिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए ।
यसैगरी यस जिल्लाबाट सिफारिश भएर राहदानी लिने एक हजार ८६२ र द्रुत सेवाबाट राहदानी लिने सिफारिश भएका दुई हजार ७७ जना रहेको सूचना अधिकारी लामिछानेले बताए । कार्यालयले आव २०७४÷०७५ मा चार हजार १२३ विभिन्न सिफारिश गरेको उनको भनाइ छ ।
एक करोड एक लाख राजश्व सङ्कलन
गएको आव २०७४÷७५ मा रु एक करोड एक लाख ११ हजार ९७७ राजश्व सङ्कलन भएको जनाएको छ । राहदानी शुल्क, दण्ड जरिवाना, अवैध हातहतियार खरखजाना, संस्था दर्ता तथा नवीकरण लगायतको कार्यबाट रु एक करोड बढी राजश्व सङ्कलन भएको सूचना अधिकारी लामिछानेले बताए । -रासस









प्रतिक्रिया दिनुहोस्