सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा जुट्नु पर्नेमा जोड



बर्दिया/  राष्ट्र निर्माण र विकासका संवाहकको रुपमा हेरिएका युवाहरु अब सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा जुट्नु पर्ने बेला आएको सहभागीहरुले जोड दिएका छन् ।

१९ औं अन्तराष्ट्रिय युवा दिवसको अबसरमा युवा सञ्जाल बाँसगढीले आयोजना गरेको आगुऔषध न्युनीकरण सम्बन्धी अभिमुखिकरण तथा युवाहरुको आवश्यकता सम्भावना र सहकार्य बिषय गोष्टिमा सहभागीहरुले समाज परिवर्तन र रुपान्तरण गर्नमा युवाहरुको महत्वपुर्ण भुमिका रहने हुँदा गतल क्रियाकलाप र गलत आचरण त्यागेर देश निर्माणमा जुट्ने बेला आएको कुरामा जोड दिए ।

उनीहरुले युवाहरु दिन प्रति दिन लागु औषध दुव्र्यसनी र कुलतमा फस्दै गएकाले युवाहरुलाई सहि दिशा निर्देशन गर्र्नतर्फ सबै सचेत हुनु पर्ने बताए । कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले युवाहरु अहिलेसम्म राजनैतिक परिवर्तन, राजनीतिक स्थायित्व र युवा लक्षित नीतिका लागि अगाडि बढेको र अब युवा नीति निर्माणको कार्य भएको बताए ।

उनले भने ‘सरकारले नितिगत हिसावले युवा मन्त्रालय अलगै गठन गरेको छ, नितिगत रुपमा युवाहरुलाई स्वरोजगार सम्बन्धी तालिम दिनकै निम्ति विभिन्न सृजकका कार्यक्रमहरु अगाडि बढाउदै, जिल्ला समन्वय समिति, जिल्ला युवा समन्वय समिति, स्थानीय सरकार, प्रादेशिक र संघिय सरकारले त्यो खालको काम गर्दैछन ।

युवा स्वरोजगारको लागि अनुदानको व्यवस्था, कृषि आधुनीकरणको लागि ब्लगका कार्यक्रम, बिभिन्न सामाग्री बितरण लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।’ सरकारले नितिगत रुपमा सबै काम गरिरहेको भए पनि व्यवहारिक रुपमा केही कठिनाईहरु भईरहेको बताए । उनले नीतिहरुलाई हुबहु, पादर्शी र सहभागिताका हिसाबले कार्यान्वयन गर्नमा कमजोरी भईरहेको बताए ।

जिल्ला युवा समिति बर्दियाका प्रमुख निलकण्ठ रेग्मीले पनि सरकारको तर्फबाट युवाहरुको लागि धेरै प्रयास भईरहेकाले युवाहरुले साचो राख्ने र खोजी नीति गर्नु पर्ने बताए । उनले युवाहरुले अब देशको माटोलाई सिञ्चीत गर्दै देशमै परिश्रम गरी देश निर्माणमा जुट्न आग्रह गरे ।

ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमले बाँसगढी क्षेत्रमा लागु औषध न्युनीकरणका लागि कार्ययोजना बनाएर अगाढी बढिरहेको बताए । उनले जिल्ला प्रहरी कार्यालय बर्दियामा दर्ता भएका लागु औषधका बारेमा चर्चा गर्दै लागुऔषध प्रयोगकर्ताहरु बढ्दै गईरहेको प्रति दुख व्यक्त गरे ।

नगर स्तरिय युवा सञ्जाल बाँसगढीका संयोजक एकनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सुष्मा चौधरी, युवा अभियन्ता शंकर शर्मा, नागरिक समाज सञ्जाल बाँसगढीका संयोजक प्रेम प्रसाद शर्मा,सामाना पुनःस्थाना केन्द्र नेपालगञ्जका प्रताप सिंह, विभिन्न राजनितिक दलका प्रतिनिधि, समुह सञ्जालका प्रतिनिधि, समाजसेवी लगायतले आफ्नो भनाई राखेका थिए ।

जनप्रतिनिधि, युवा लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य सञ्जालकी सदस्य सृजना सुबेदी र सञ्चालन सञ्जालका सदस्य ओमप्रकाश पौडेलले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २८ गते सोमबार