नेपालगन्ज/ वैकल्पिक शिक्षा कार्यव्रmम खेल्दै सिक्ने केन्द्र मूल प्रवाहिकरण कार्ययोजना निर्माण सम्वन्धी दुई दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ ।
युनिसेफ, नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा समुन्नत नेपाल र बाँके युनेस्को क्बलको संयुक्त आयोजनामा शुरु भएको कार्यशालामा खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना निमार्ण गरिने छ ।
कार्यशालाको उदघाटनमा जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख गोर्खबहादुर थापाले बाँकेमा करिब १२ हजार बढि बालबालिकाहरु विद्यालय बाहिर रहेकाले त्यस्ता विद्यार्थीलाई यस केन्द्रतर्फको आकषर्ण गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष सफिक बेहना, ८ नं. का वडाध्यक्ष सुरेन्द्र गुप्ता, युनिसेफका राम गौतम, बाँके युनेस्को क्लबका आशिष बर्मा, समुन्नत नेपालका युवाराज लौडारी लगायतले केन्द्रको महत्वका बारेमा आ–आफनो विचार राखेका थिए ।
दुई दिनसम्म चल्ने कार्यलामा सम्बन्धित क्षेत्रमा विद्यालय बाहिर जोखिम परिस्थितिमा रहेका बालबालिका र किशोर किशोरीहरुका लागि उपयोगी हुने वैकल्पिक शिक्षा कार्यव्रmम आवश्यकता पहिचान तथा उक्त कार्यव्रmम सञ्चालनमा सहयोग पु¥याउन सक्ने सरोकारवाला पहिचान गर्ने, खेल्दै सिक्ने केन्द्र मूलप्रवाहिकरणका लागि कार्य समूह निर्माण र कार्य योजना तयार गरिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्