सल्यानमा रुखबाट लडेर एकको मृत्यु



सल्यान/  घाँस काट्ने क्रममा रुख बाट लडेर आज सल्यानमा एक महिलाको मृत्यू भएको छ ।

छत्रेश्वरी गाउँपालिका –६ रानागाउँनिवासी ६५ वर्षीया भगवतीअधिकारी बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाईते हुनुभएको थियो ।

घाईते अधिकारीको अञ्चल अस्पताल तुल्सीपुरमाउपचारको क्रममा मृत्यू भएको जिल्लाप्रहरी कार्यालय सल्यानले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २४ गते आइतबार