प्रहरी र सरकारी वकीलहरुको प्रथम प्रदेश सम्मेलन सम्पन्न,११ बुँदे घोषणा पत्र जारी



कोहलपुर/   फौजदारी न्याय प्रशासनलाई विश्वासिलो, भरपर्दो र वस्तुगत प्रमाणमा आधारित रही सवल बनाउने निश्कर्ष सहित प्रहरी र सरकारी वकीलहरुको प्रथम प्रदेश सम्मेलन सम्पन्न भएको छ ।

“विश्वासिलो र भरपर्दो फौजदारी न्याय प्रशासन, वस्तुनिष्ठ प्रमाणमा आधारित अनुसन्धान र अभियोजन” भन्ने नारा सहित प्रदेश ५ का बाँके र बर्दिया, प्रदेश ६ र प्रदेश ७ का अनुसन्धानकर्ता प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकिलहरुको पहिलो पटक प्रदेश स्तरको सम्मेलन शनिबार कोहलपुरमा सम्पन्न भएको हो ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक धिरु बस्न्यातले फौजदारी अपराधको प्रमुख अनुसन्धानकर्ता प्रहरी र त्यस्तो अपराधको अभियोजनकर्ता सरकारी वकीलहरुले पिडितलाई न्याय दिलाउन आप्mनो अनुसन्धान वस्तुगत र यथार्थमा आधारित भई गर्न र अभियोजनकर्ताले प्रभावकारी, तथ्य र तर्कसंगत रुपमा अभियोजन दर्ता र वयान गर्नुपर्ने सुझाव दिए ।

निमित्त सह–महान्यायाधिवक्ता राजमोहन वस्यालले २ दिने सम्मेलनमा भएका छलफलहरुबाट प्राप्त निश्कर्षहरुलाई समेटेर तयार पारेका ११ बुँदे प्रदेश सम्मेलन घोषणा–पत्र बाचन गरेका थिए भने सहभागीहरुले एकमतले सो घोषणापत्र समर्थन गर्दै पारित गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

सम्मेलनमा सहभागी प्रहरी अधिकृतहरुको तर्फबाट एक जना प्रहरी निरिक्षक र सरकारी वकिलहरुको तर्फबाट कञ्चनपुर जिल्लाका सरकारी वकिलले सम्मेलनबाट आफुलाई प्राप्त भएको ज्ञान आप्mनो कार्यक्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १७ गते आइतबार