महाकालीमा पुल बनाउने नेपालले दियो भारतलाई अनुमति



दार्चुला, १६ चैत/ नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ ।

भारतीय पक्षले माग गरेको ठाउँमा तीन वटा पुल लगाउन शुक्रबार नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्यास गाउँपालिका–२ को नजांग, लखनपुर र छाङकङरे खोलामा अस्थायी काठेपुल लगाउन नेपाल सरकारसँग अनुमति माग गरेको थियो । कैलाश मानसरोवर जाने तीर्थयात्री तथा सौका समुदायको हुने बसाइँसराइलाई मध्यनजर गर्दै केही समयका लागि मात्रै अनुमति दिएको प्रजिअ गौतमले जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १६ गते शुक्रबार